बालिका मृत्यू प्रकरणःकोरा छाडेर प्रहरीमा-योनीमा लठ्ठीले घोचेको परिवार र संञ्जालको दाबी

साउन १ गते : असार २७ गते बेलुकी नाङ्खोल्याङ्–३ की १५ वर्षिया बालिका झुमा विकलाई कुटपिट गरि झुन्ड्याएर मारिएको हुनसक्ने आशङ्कामा मृतकका परिवार (कोरा) बाट निस्किएका छन् ।  मृतकको काजकिरियाका लागि कोरामा बसेका आमा अन्दाजी ४५ वर्षिया नर्वदा र दाजु १८ वर्षिय रमेश विक न्यायका लागि सुदाई कार्य छाडेर प्रहरीमा किटानी जाहेरी दिन सदरमुकाम आएका हुन् ।
मृतकका आमा र दाजुले नाङ्खोल्याङ–३ की २५ वर्षिया जुनु श्रेष्ठ र अन्दाजी ५० वर्षिया पद्मा कुमारी श्रेष्ठ विरुद्ध विहिवार किटानी जाहेरी दिएका छन् । संयूक्त दलित संञ्जालले बालिकाले आत्महत्या गरेको नभई झुन्ड्याईएर मारिएको दाबी गरेका छन् । आमा नर्वदाले भनिन्‘छोरीको काज किरिया गर्न तयारीमा थियौ ।
तर संञ्जालको सहयोगमा सुदाई कार्य छाडेर प्रहरीमा जाहेरी दिन आएका हौ ।’ संस्कार अनुसार १० दिनभित्रमा सुदाई कार्य गरिनुपर्ने मान्यता छ । प्रहरीले सत्यतथ्य पत्ता लगाएर पीडकलाई कारवाही नगरुन्जेल संम्भवत सुदाई कार्य नगरिने मृतककी आमा नर्वदाले जानकारी दिईन् ।
गरिबीका कारण मृत्यू सम्बन्धि विवरण प्रहरी प्रशासनमा व्यक्त गर्न नसकेको स्विकार गर्दै मृतकका परिवारले संञ्जालको सहयोगमा मात्र जोहेरी दिन संम्भव भएको बताएका छन् । संञ्जालका सल्लाहाकार इन्द्र घिमिरले भने,“परम्परा अनुसार सुदाई गर्न नसक्नु रहर होइन बाध्यता हो ।’ मृतकले गत बैसाख १ गते जुनुकी पति विनु श्रेष्ठसँग खिचेको फोटो श्रेष्ठ परिवारले थाहा पाएकाले असार २७ गते बेलुकी काका खेमनारायण विकको घरमा बसेरहेको बेला जुनु र पद्मा लगायतको समूहले कुटपिट गरि मृतककै घरमा पु¥याएर झुन्ड्याइएको संञ्जालको दाबी छ ।
उक्त दिन घरमा कोही नभएकाले मृतक (झुमा) काकाको घरमा गएकी थिईन् ।
झुन्डिएको सल समेत मृतकको नभएको परिवारले जनाएको छ । बालिकाको योनीमा लठ्ठीले घोचेर निर्मम तरिकाले कुटपिट गरि झुन्ड्याइएको परिवार र संञ्जालको दाबी छ । दाजु रमेशले भने,‘अनुहार बाहेक शरिरका अधिकाँश भागमा निलडमा थियो । योनीमा चोट थियो । मैले त हेर्नै सकिन् ।’ उनले थपे,‘सव हेर्दा जताजतै निलडाम र चोट थियो ।
त्यस्तो अवस्थामा काकाको घरदेखि घरसम्म कसरी पुग्यो होला ?’ असार २८ गते प्रहरी र गाउँलेले घरभित्रबाट सव निकालेर २९ गते सदरमुकाम ल्याएर पोस्टमार्टम गरेको थियो । मृतकको ३० गते दाहसंस्कार गरिएको थियो । मृतकका परिवारले हत्या भएको आशङ्का गरेपनि प्रहरीले आत्महत्या भनेको आधारमा सुदाई कार्यमा जुटेको परिवारले जनाएको छ ।
तर जताततै आत्महत्या नभई हत्या भएको हो हल्ला फैलिएपछि संञ्जालको टोली असार ३२ गते घटनास्थल पुगरे अनुसन्धान गरेर हत्या भएको निश्कर्ष सहित परिवारलाई समेत लिएर सदरमुकाम आएर प्रहरीमा किटानी जाहेरी दिएको छ ।
Source: http://kalikafm.com.np/
ADD HERE

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers