महिलालाई जिस्काए तीन महिना कैद

८ साउन, काठमाडौं । के तपाई कार्यालयमा काम गर्दा यौन शोषणमा पर्नुभएकोछ ? के कामका सिलसिलामा कुनै कार्यालय जाँदा सेवा प्रदायकबाट यौनजन्य दुव्र्यवहार वा हैरानी पाउनुभएको छ ? छ भने अब चुप लागेर, सहेर, डराएर वा चिन्तित भएर नबस्नोस् ।
यौनजन्य हिंसा गर्नेबिरुद्ध लड्नोस् । अब तपाईलाई न्याय दिने र पीडकलाई सजाय गर्ने कानुन आउँदैछ । तर, पुरुषहरु भने यौन हिंसामा परे सहेर बस्नुपर्ने अवस्था छ । किनकी यौनजन्य हिंसा नियन्त्रण गर्न बनाइन लागेको कानुनले महिलालाई मात्र समेटेको नेपाल समाचारपत्रमा खबर छ ।
सेवा दिने वा मनोरञ्जन दिने जुनसुकै कार्यालयमा काम गर्दा वा सेवा लिन जाँदा यौनजन्य हिंसामा परेका महिलालाई न्याय दिलाउन तथा यस्ता क्रियाकलाप निषेध गर्न पहिलोपटक कानुन बनाइन लागिएको हो । विभिन्न क्षेत्रका कार्यास्थलहरु तथा मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलाले भोग्नुपरेका यौनजन्य दुव्र्यवहार निषेध गर्न विधेयक बनाइएको छ ।
उक्त विधेयकमा कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा यौनजन्य दुव्यवहार गरेको ठहरेमा निजलाई कसुरको प्रकृति हेरी ३ महिनासम्म कैद वा २५ हजार जरिवाना वा दुवै हुने उल्लेख गरिएको छ ।
-Source: http://www.onlinekhabar.com/
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers