गाईभैंसी बाँध्नेजस्तो छाप्रोमा पढाई

प्रेमनारायण आचार्य/उज्यालो
अर्घाखाँची, भदौ ५ – झट्ट हेर्दा गाईंभैंसी बाँध्ने छाप्रो जस्तो छ । माथि टिनले छाएको छ । वरिपरि खुल्ला ।
त्यसैमा बसेर विद्यार्थीहरु पढिरहेका छन् । पढ्दा पढ्दै पानी पर्‍यो भने उनीहरु झोला लिएर नजिकै रहेको अर्को कक्षामा ओत लाग्न पुग्छन् । पानी थामिएपछि फेरि अछाप्रोमै फर्कन्छन्  ।
यस्तो दुःख र हैरानी ब्योहोरिरहेका छन् ठाडा गाविसमा रहेको गौरा माविका विद्यार्थीहरुले । सरकारले शिक्षामा करोडौं रकम लगानी गरिरहेको भए पनि यहाँका बिद्यार्थी भने गाईभैंसी बाँध्ने जस्तो छाप्रोमा बसेर पढ्न बाध्य छन् । उनीहरुलाई पढिरहेको समयमा पानी नपरे हुन्थ्यो भन्ने चिन्ता हुन्छ  । विद्यालयमा भवन अपुग भएकाले छाप्रोमा पढाउनुपरेको प्रधानाध्यापक चोपलाल पौडेलले बताउनुभयो । अरु कक्षाका बिद्यार्थीहरु राम्रो कक्षामा बसेर पढेपनि कक्षा ९ का विद्यार्थीहरु भने बर्षौंदेखि छाप्रोमा पढ्दै आएका छन्  ।  ‘पानी आयो भने कक्षा ९ र १० का बिद्यार्थीलाई एउटै कोठामा राखिन्छ, पढाउन सकिदैन’ प्रधानाध्यापक पौडेलले बताउनुभयो ।
लामो समयदेखि भवन अभावमा छाप्रोमा पढ्दै आएपनि विद्यालयको भवन निर्माणमा कसैले पहल नगरेको विद्यार्थीहरु गुनासो गर्छन् । २०६८ सालमा भवन बनाउन शुरु गरेपनि रकम अभावको कारण अहिले अलपत्र छ । आर्थिक बर्ष २०६८/०६९ मा जिल्ला प्राविधिक कार्यालयको शान्तिका लागि विकास कार्यक्रमबाट आएको सात लाख र स्थानीय सामुदायिक वनको लागानीमा भवन निर्माण शुरु गरेपनि भुइँतल्लामा पिल्लर राख्दैमा बजेट सकिएको तर थप रकम प्राप्त ननभएकाले काम रोकिएको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।
भवन निर्माणका लागि जिल्ला विकास समिति, शिक्षा कार्यलय र सभासद र नेता सबैलाई अग्रह गरिरहेको भएपनि बजेट आउन नसक्दा भवन निर्माणको काम रोकिएको अभिभावकहरु बताउँछन् । बर्षौदेखि विद्यार्थीहरु छाप्रोमा बसेर पढिरहदा पनि भवन बनाउने काममा जिल्ला शिक्षा कार्यालय तथा अन्य विकासे कार्यलयको ध्यान नपुग्दा अभिभावकहरु चिन्तित बनेका छन् । Src : http://ujyaaloonline.com/
ADD HERE
Categories: ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers