श्रीकृष्ण श्रेष्ठको शवयात्रा, श्रद्धाञ्जलिका लागि विमानस्थलबाट प्रज्ञाभवन लगिदै

श्रीकृष्णलाई राष्ट्रिय सम्मान दिइने छ : उपप्रधानमन्त्री गौतम 
काठमाडौं: भारतको दिल्लीमा शनिबार मृत्यु भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको शव सोमबार काठमाडौं ल्याइएको छ। श्रीकृष्णको शव एयर इन्डियाको जहाजमा २:५५ बजे काठमाडौं ल्याइएको हो।
सरकारले श्रीकृष्णलाई राष्ट्रिय सम्मान दिने भएको छ। उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले श्रीकृष्णलाई राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय भएको अन्‍नपूर्णसँग बताए। गौतमका अनुसार नेपाल प्रहरीको एक टुकडी (१० जनाको समुह)ले श्रीलाई सम्मान दिने छ।
दिल्लीबाट विमानस्थलबाट शवयात्रा गर्दै अन्तिम श्रद्धाञ्‍जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने छ। सरकारी सम्मानसहित अन्त्येष्टी गरिने छ।प्रहरीले शोक धुनसहित सलामी दिने छ।
निर्देशक आकाश अधिकारीका अनुसार श्रेष्ठको शवलाई तीनकुने, माइतीघर मण्डला, सिंहदरबार र पुतलीसडक हुँदै शवयात्रा गरेर प्रतिष्ठानमा राखिने कार्यक्रम छ। पाँच बजे प्रज्ञा प्रतिष्ठानबाट श्रीको शव अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा लगिने तयारी छ।प्रहरीले शोक धुनसहित सलामी दिने छ।
श्रीकृष्णलाई श्रद्धाञ्‍जली दिन तथा उनको अन्तिम संस्कारमा सरकारका मन्त्री तथा उच्च सरकारी अधिकारीको उपस्थित हुने भएका छन्। लामो समयदेखि बिरामी श्रेष्ठको शनिबार राति दिल्लीको सर गंगाराम अस्पतालमा साढे ११ बजे राति नै मृत्यु भएको थियो। विवाहपछि श्रीमती श्‍वेतासँग मधुमास मनाउन भारत गएका श्री बीचमै विरामी भएपछि अस्पताल भर्ना भएका थिए।
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers