चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साताको मध्य भाग अनुकूल रहनेछ। शनि, आइत, सोमबार आर्थिक विचलन हुन सक्नेछ। मंगल, बुधबार साताकै उत्कृष्ट र कार्यसिद्धिदायक रहनेछ। दीर्घकालीन काम बन्नेछ। बिही, शुक्रबार नितान्त प्रतिकूल रहनेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनि, आइत, सोमबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ। पढाइलेखाइ हुनेछ। मंगल, बुधबार मध्यम रहनेछ। बिही, शुक्रबार उपयुक्त कार्यदिशा तय हुनेछ। यश, कीर्ति मिल्नेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
साताको थोरैमात्र दिन अनुकूल रहनेछ। शनि, आइत, सोमबार निकै खर्चिलो रहनेछ। मंगल, बुधबार उन्नतिकारक र भाग्यवर्धक रहनेछ। कामप्रति निकै जोश, जाँगर बढ्नेछ। बिही, शुक्रबार मध्यम प्राय: रहनेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साताको सुरु र अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनि, आइत, सोमबार सबै प्रकारले लाभदायक रहनेछ। मंगल, बुधबार काममा अपजश आउन सक्नेछ। धैर्य गर्नु निकै बेस हुनेछ। बिही, शुक्रबार भाग्यवर्धक कार्यसिद्धि हुनेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताको सुरुका दिनहरूअनुकूल रहनेछन्। शनि, आइत, सोमबार मानसम्मान पदप्रतिष्ठा प्राप्त हुनेछ। मंगल, बुधबार अनपेक्षित लाभ हुनेछ। मनमा सन्तोष मिल्नेछ। मुख्य काम गरिनेछ। बिही, शुक्रबार शिथिल प्राय: रहनेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
साताको पछिल्ला दिनहरू अनुकूल रहनेछन्। शनि, आइत, सोमबार धर्मकर्ममा अवरोध आउन सक्नेछ। मंगल, बुधबार आटेको काममा सफलता मिल्नेछ। सम्मानित भइनेछ। बिही, शुक्रबार प्राप्तिका स्रोतहरू खुल्नेछन्।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
साताको अन्तिम अनुकूल रहनेछ। शनि, आइत, सोमबार नितान्त प्रतिकूल रहनेछ। मंगल, बुधबार मध्यम रहनेछ। बिही, शुक्रबार निकै उत्कृष्ट रहनेछ। दीर्घकालीन कार्ययोजना तय हुनेछ। मनमा शान्ति मिल्नेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
साताको सुरु अनुकूल रहनेछ। शनि, आइत, सोमबार बलपूर्वक सुख प्राप्ति हुनेछ। प्रियजन भेटिनेछन्। मनोरञ्जन गरिनेछ। सन्तानबाट सुख प्राप्त हुनेछ। मंगल, बुधबार प्रतिकूल रहनेछ। बिही, शुक्रबार मध्यम रहनेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
साताको सुरुका अधिकांश दिनहरू अनुकूल रहनेछन्। शनि, आइत, सोमबार शत्रु पराजित हुनेछन्। आटेको काम बन्नेछ। मंगल, बुधबार पारिवारिक सहयोग मिल्नेछ। बिही, शुक्रबार नितान्त प्रतिकूल रहनेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साताको अन्तिमका दिनहरूअनुकूल रहनेछन्। शनि, आइत, सोमबार सावधानयोग्य रहनेछ। मंगल, बुधबार काममाथि विजय प्राप्त हुनेछ। आत्मबल बढ्नेछ। बिही, शुक्रबार अत्यन्त सार्थक रहनेछ। मावलीबाट सहयोग मिल्नेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
साताको अन्तिम अनुकूल रहनेछ। शनि, आइत, सोमबार नितान्त प्रतिकूल रहनेछ। मंगल, बुधबार मध्यम प्राय: रहनेछ। बिही, शुक्रबार आटे ताकेको काम सजिलै सम्पन्न हुनेछ। पराक्रम बढ्नेछ। सहकार्य गरिनेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
साताको सुरुका दिन अनुकूल रहनेछ। शनि, आइत, सोमबार साताकै अर्थपूर्ण, कीर्तिवर्धक, कार्यसिद्धिदायक र ओजस्वी रहनेछ। मंगल, बुधबार प्रतिकूल रहनेछ। बिही, शुक्रबार मध्यम रहनेछ चिन्ता बढ्नेछ।
Source: http://annapurnapost.com/horoscope
0 comments:
Post a Comment