विवाह अघि यौनसम्बन्ध राखे पहिलो बच्चा व्याईफ्रेण्ड जस्तो

एजेन्सी, १४ मङ्सिर, महिलाले जुन पुरुषसँग यौनसम्बन्ध राखेर बच्चा पैदा गर्छन् त्यो बच्चाको अनुहार, शारीरिक बनावट, हाउभाउ उसको आमा वा बुबासँग मिल्दो जुल्दो हुनु पर्छ र हुन्छ पनि ।  यदी यस्तो नभएको खण्डमा कि त महिलाले परपुरुषको गर्भ धारण गरेर अर्को पुरुषको नाम दिएको हुनु पर्छ । तर यो मान्यता अब लामो समय टिक्न नसक्ने देखिएको छ । किनकी विवाह पूर्व आफ्नो व्याइफ्रेण्डसँग सेक्स गर्ने महिलाले विवाह पश्चात जन्माएको पहिलो बच्चाको अनुहार, रुप, रङ र शारीरिक बनावट महिलाको पूर्व सेक्स पार्टनरसँग मिल्दो जुल्दो हुन आउने एक अनुसन्धानले देखाएको छ । 

 भरखरै गरिएको एक अनुसन्धानबाट यो निष्कर्ष निस्कियोकी महिलाले पहिलो सेक्स जुन पुरुषसँग गर्छिन् र विवाह पश्चात अर्को पुरुषसँग बच्चा जन्माउँछिन् भने त्यो बच्चाको सक्कल पहिलेको व्याइफ्रेण्डसँग मिल्न आउँछ । 'न्यू साउथ वेल्स युनिवर्सिटी' का वैज्ञानिकहरुले गरेको अनुसन्धानबाट यो कुरा प्रमाणित भएको 'इकोलोजी जर्नल' नामक एक पत्रिकाले छापेको छ । 

अनुसन्धानले यो तथ्यलाई यसरी पुष्टि गरेको छ कि जब महिलाले पहिलो पटक कुनै पुरुषसँग यौनसम्बन्ध राख्छिन् भने महिलाको अपरिपक्व अण्डकोषले पुरुषबाट प्राप्त शुक्राणुलाई अवशोषण वा रिजर्व गरेर राख्दछ र यो पछि बच्चा जन्माउँदा बच्चाको जीनमा ट्रान्सफर्म हुने गर्दछ । अर्थात् अण्डकोषले शोषण गरेर राखेको पहिलो पुरुषको शुक्राणुको प्रभाव अर्कै पुरुषबाट जन्मने पहिलो बच्चामा देखाउँछ । जसले गर्दा बच्चा जन्माउन चाहेको पुरुषको शुक्राणुको प्रभाव भन्दा पहिले गरिएको यौनसम्बन्धबाट प्राप्त शुक्राणुको प्रभाव बढि हुने भएकाले बच्चाको स्वरूप पूर्व सेक्स पार्टनर वा व्याईफ्रेण्डसँग मिल्न आउँछ । 

यसैगरी रिसर्चले यो पनि बताउँछ कि पहिलो बच्चा जन्माई सकेपछि दोस्रो बच्चा पुन अर्कै पुरुषको शुक्राणु लिएर जन्माए पनि पूर्व पतिकै शुक्राणुको प्रभाव बढि हुनाले पूर्व पति वा पहिलो बच्चाको बाबुसँग दोस्रो बच्चाको रुप, रङ मिल्न आउँछ । अनुसन्धानको क्रममा वैज्ञानिकहरुले विवाहपछि जन्माएका बच्चाको शारीरिक बनावट, रुप, रंग, वर्ण पूर्व पति वा पूर्व ब्वाईफ्रेण्डसँग मिलेको पाएका थिए । साथै विवाह पूर्व शारीरिक सम्पर्क नगर्ने महिलामा यो स्थिति देखिएन । -Source: http://aajakokhabar.com
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers