- मेष
- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
- प्रेमीप्रेमिकाबीच सम्बन्ध प्रगाढ बन्नेछ। धार्मिक कार्यमा दिन बित्नेछ। ढाड र कम्मरमा समस्या देखा पर्न सक्छ। अध्ययनअध्यापनमा सुधार आउनेछ।
- वृष
- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
- समाजमा कुरा काट्नेहरू बढ्नेछन्। मनमा चञ्चलता बढ्नेछ। व्यापारव्यावसायमा आंशिक सुधार आउनेछ। खोजअनुसन्धानमा रुचि बढ्नेछ।
- मिथुन
- का, कि, कु, घ, ङ, छ, के, को, हा
- आफन्तले धोका दिन सक्नेछन्। वैवाहिक सम्बन्धमा कटुता बढ्ने देखिन्छ। मनमा दृढता बढ्नेछ। वैदेशिक भ्रमण सफल हुनेछ। कान्तिक्षय होला।
- कर्कट
- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
- मान्यजनको सहयोगले शिक्षामा सफल हुनेछ। आध्यात्मिक विश्वासले मनमा उत्साह बढाउनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।
- सिंह
- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
- पारिवारिक असमझदारीले तनाव बढ्नेछ। मध्याह्नपछि भाग्योदयको योग छ। विलासिताका वस्तुको संग्रहमा रुचि बढ्नेछ।
- कन्या
- टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
- वैदेशिक यात्रामा अनपेक्षित सुधार आउनेछ। कठिन यात्राको थालनी होला। शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। साथीभाइसँगको सम्बन्ध सुमधुर रहला।
- तुला
- रा, रि, रु, रे, रो, ता, ति, तु, ते
- वैवाहिक जीवनमा समस्या देखा पर्नेछ। बाहिरका व्यक्तिसँग सम्बन्धमा सावधान रहनुहोला। आम्दानीका स्रोतहरू खुल्नेछन्। आय आर्जन वृद्धि हुनेछ।
- वृश्चिक
- तो, ना, नि, नु, ने, नो, या, यि, यु
- न्यायिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ। प्रशंसा गर्ने बढ्नेछन्। बायाँ हात तथा कानसम्बन्धी समस्याले सताउनेछ। आर्थिक सुधार हुनेछ।
- धनु
- ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
- राजकीय सम्मान प्राप्त हुने सम्भावना छ। आयआर्जनमा सामान्य रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ। अध्ययनमा रुचि बढ्नेछ।
- मकर
- भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
- राजनीतिक कार्यमा अन्योल बढ्ला। स्वाथ्यमा समस्या देखापर्नेछ। सम्मान पाइने योग छ। आर्थिक कारोबारमा सुधार आउनेछ। हर्ष बढ्नेछ।
- कुम्भ
- गु, गे, गो, सा, सि, सु, से, सो, दा
- दैनिक कार्यप्रति सन्तुष्टि मिल्नेछ। आत्मबलमा कमी आउनेछ। कीर्ति बढ्नेछ। नयाँ कामको थालनी हुनेछ। धन आर्जन हुनेछ।
- मीन
- दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
- आयआर्जन वृद्धि हुनेछ। प्रतिद्वन्द्वी पराजित हुनेछन्। गरेका कामबाट यथेष्ट फाइदा पाइनेछ। वैदेशिक यात्राको योग छ। हर्ष बढ्नेछ।
0 comments:
Post a Comment