आजको राशिफल वि.सं. २०७१ पौष ०६ गते आइतबार

आजको व्रत/पर्व : दर्श श्राद्ध, निशि बार्ने दिन, 
आजको मूहुर्त : अग्निवास(होमादि) 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
आज बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । त्यसपछि व्यवसायिक गतिविधिमा संलग्न हुनु पर्ने हुन्छ, त्यसैले महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु होला । बेलुका पारिवारिक जीवनमा असमझदारी बढ्नाले अनावश्यक विवादको सम्भावना छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, तर धेरै टाढा जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । माया प्रेमको लागि रमाइलो छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारीवारिक सहयोग बढ्ने छ । आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापार व्यवसाय मध्यम रहेको छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
घरपरिवारमा स्वास्थ्यसम्बन्ध समस्या देखिनसक्छन् । पैतृक सम्पत्तिका बारेमा कुनै विवाद छ भने त्यसले ठूलो रुप लिन सक्छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट बेफाइदा हुनेछ । वैदेशिक क्षेत्रबाट समेत लाभ मिल्ने छैन । दूरदराजमा रहेको स्थानको यात्राको सम्भावना छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । झैझगडा र विवादमा विजयी बन्नु हुनेछ तर बोली एवं व्यवहारमा सक्दो नियन्त्रण राख्नुहोला । परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । सानातिना कुरामा अल्मलिने समय छैन । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
आलोचकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिने छैनन् । विगतमा गरिएको मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ । रोकिएका काम सम्पादन हुन गाह्रो छ । पठन–पाठनमा उन्नति गर्न सकिने छैन । सभा–समारोहमा सहभागी हुनु पर्ने भएकाले काममा बाधा पुग्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । कामबाट फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
परिस्थिति प्रतिकूल छ । मनमा दोधारको अवस्था सिर्जना हुनेछ । नकारात्मक र निराशाजनक भावनाले दुखित भइने छ । चिन्ता, शंका र छट्पटीले मानसिक तनाव हुनसक्छ । अशुभ समाचार सुन्नु पनेृ हुन्छ । नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन । आर्थिक तनावलाई झेल्नुपर्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
पठनपाठनमा प्रगति हुनेछ । विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ । विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । विश्वासको वातावरण बन्नेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । आजको समय राम्रै छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा समेत सुधार आउने छ । नोकरी गर्नेहरूले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन, तर सुरु गर्नुअघि ठूलाबडाको सल्लाहा लिनु बेस होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
समय अति नै राम्रो छ । पारमार्थिक काममा खटिनु पर्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो पनि हुनेछ । शुभ समाचार प्राप्त हुने योग छ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । अरुको कामको लागि समय र धन दुवै खर्च होला । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers