एजेन्सी मुम्बई, पुस २
आगामी जनवरी १६मा रिलिज हुने फिल्म ‘अलोन’को एउटा गीतको भिडियो यूटुबमा पूरै भाइरल भएको छ।
विपासा बसुले अभिनय गरेको ‘कतरा’ बोलको यो गीत दुई दिनमै ४ लाखभन्दा बढीले हेरिसकेका छन्। सोमवारमात्रै यो गीतको भिडियो यूटुबमा राखिएको थियो। यो ‘स्लो मोशन’को रोमान्टिक गीत हो।
‘अलोन’ विपासाको पछिल्लो थ्रिलर सिनेमा हो।
0 comments:
Post a Comment