आजको राशिफल वि.सं. २०७१ मार्गशीर्ष २६ गते शुक्रबार

आजको मूहुर्त : अग्निवास(होमादि) 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
पारिवारिक वातावरण आफूअनुकूल नहुनाले दिक्क लाग्नेछ । भाइबहिनी वा सन्तति विरुद्धमा जानसक्छन् । आर्थिक मामिलामा त्यस्तो ठूलो उपलब्धी लिन सकिने छैन । उता घरायसी समस्यासमेत बढ्न थाल्नेछ । ज्ञानगुनका क्षेत्रमा निष्क्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आउने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
आजको दिन लाभदायक नै देखिन्छ । व्यापार व्यवसायबाट नाफाघाटा बराबर रहने योग छ । आज शरीर अस्वस्थ हुनसक्छ । स्वास्थ्योपचारमा धन खर्च हुन सक्छ विचार गर्नुहोला । चोटपटकको भय र मानसिक तनाव हुनेछ । उता झुठो फत्तुर पनि आइलाग्न सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
आत्मीयजनहरूसँग मनमुटाव हुनेछ । आज तपाईंको चाहनाबमोजिम कार्य सम्पन्न हुन कठिन छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले असहयोग गर्नेछन् । यात्रा असफल हुने सम्भावना छ । अड्डाअदालत वा राज्यपक्षबाट कारबाहीमा परिने सम्भावना समेत छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । काममा सफलता पाइने छ । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । नातागोताभित्रका विपरीतलिङ्गी सदस्यले राम्रो सहयोग गर्ने छन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
तपाईंको खराब र दिक्क लाग्दो समय अझ बढ्ने सम्भावना देखिन्छ । हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित भए पनि आज साँझ पारिवारिक तनाव र किचलोको सामना गर्नु पर्ने हुन्छ । अनावश्यक खर्च बढ्न सक्छ । अध्ययन—अध्यापनको क्षेत्रमा खासै प्रगति हुँदैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
आज दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । दिउँसो शत्रुपक्षका अनिष्ट व्यवहारको लेखाजोखा गरिने छ र तिनलाई परास्त तुल्याउने उपायको खोजी हुनसक्छ । तर प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । कृषिजन्य व्यवसायबाट लाभ प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
आज चिताउँदै नचिताएको कुनै एउटा महत्वपूर्ण कार्य सिद्धि हुने छ । आज विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा धेरै फाइदा हुने योग छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुनेछ । कुनै रोकिएको काममा ध्यान दिनु भएमा सफल हुनेछ । साथीभाइसित भेटघाट हुने योगसमेत छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
घरपरिवारबाट नै असहयोग र अविश्वासको वातावरण सिर्जना हुनसक्छ । पेसा, व्यवसाय र रोजगारीको क्षेत्रबाट लाभ हुन सक्दैन । विद्यार्थीले राम्रो अवसर हात पार्नबाट वञ्चित हुनुपर्छ । जागिरेले नजानेको वा नचाहेको कार्यक्षेत्रमा समय खर्च गर्नुपर्छ । आज कुनै अप्रत्याशित काममा धननाश हुनसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । धार्मिक र सामाजिक क्षेत्रमा ठूलै धनराशि खर्च हुनसक्छ र मानसम्मान र प्रतिष्ठामा समेत आँच आउने सम्भावना देखिन्छ । धेरै दिनपछि बिगतमा भएका कमीकमजोरीको मूल्याङ्कन गर्न जाँगर चल्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
आज दिउँसोसम्म राम्रो दिन रहेकाले तपाईंले कुनै महत्वपूर्ण काम छ भने दिनको पूर्वाद्र्धभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । त्यसपछि प्रत्येक काममा अडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । समाजमा तपाईंको बोलीको सकारात्मक अर्थ लाग्न सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
आज लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । कसैसँग व्यर्थमा तर्क, बहस र वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । आमाका स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers