भिडियोले हसाँएपनि ‘तक्मे बुढा’ तनावमा(भिडियो सहित )

टेलिभिजनका चर्चित हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ अहिले युट्यूब मार्फत दर्शकमाँझ आइरहेका छन् । उनले अहिले युट्यूबमा विभिन्न कमेडी भिडियो तयार पारेर सार्वजनिक गरिरहेका छन् । ‘मेरी बास्सै’ छोडेपछि उनलाई दर्शकले अहिले टेलिभिजनमा देख्न पाएका छैनन् ।
यसैले पनि उनले युट्यूबमा नै कमेडी भिडियो सार्वजनिक गरिरहेका छन् । उनले सार्वजनिक गरेका भिडियोलाई दर्शकले पनि मन पराएका छन् ।takmebudalai
‘यस बाजे’ नाममा उनले सार्वजनिक गरेको भिडियोले उनलाई दर्शकसँग जोडिराखेको छ । तर, अहिले आफूले तयार पारेको भिडियो डाउनलोड गरेर अरुले निजी रुपमा प्रयोग गर्न थालेपछि विल्सन तनावमा देखिएका छन् ।
अनलाइनखबरसँग उनले भने–‘मेरै युट्यूब च्यानलबाट लिंक प्रयोग गर्दा म पनि खुशी हुन्थे । तर, केही अपरिचित साथीहरुले मेरो भिडियो डाउनलोड गरेर आफ्नो लागि प्रयोग गर्नु भएको छ, यसले मलाई तनाव दिएको छ ।’
उनले कलाकारलाई बचाउँने काम मिडिया र फ्यानहरुको पनि भएको बताए । यसरी आफ्नो युट्यूब च्यानलमा राखिएका भिडियो डाउनलोड गरेर कसैले आफ्नो तबरले सार्वजनिक गर्छ भने आफू कानुनी तबरले अगाडि बढ्न पनि सक्ने विल्सनले बताएका छन् ।स्रोत :अनलाइन खबर 

भिडियो हेर्नुस :

ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers