चिसो माैसममा मुटुलाइ यसरि जोगाउनुस् : नत्र तपाइंको मुटु गुम्न सक्छ

काठमाडौं, बिस्तारै बढिरहेको चिसोका कारण मुटुका रोगीहरूमा चिन्ता थपिन शुरू गरिसकेको छ । चिकित्सकहरूका अनुसार सर्दीको मौसममा हार्टअट्याकको खतरा सामान्य दिनहरूको अपेक्षा कयौं गुणा सम्म बढ्ने गर्दछ । सर्दीको मौसममा रगत गाढा हुने कारणले शरीरमा रक्तको सञ्चार सहि तरकाबाट हुँदैन । यस्तोमा मुटुका रोगीहरूले निकै सावधानी अपनाउनु पर्दछ ।

डक्टरहरूका अनुसार यदि पहिलो पटक हर्टअट्याक आयो भने रोगीलाइ पाँच घण्टा भित्र वा यस अघिनै पहिलो उपचार दिनु पर्दछ । दोश्रो पटकमा चार र तेश्रो पटकमा तीन घण्टा भित्र उपचार गर्नु पर्दछ । सामान्यतया रोगीहरूलाइ अस्पताल सम्म ल्याउनलाइनै एक देखि दुइ घण्टाको समय लाग्ने गर्दछ । साथै कहिलेकाहीँ त यो कुराको जानकारी सम्म हुँदैन कि कति घण्टाको समयमा रोगीलाइ अस्पताल सम्म पुर्याइन्छ ।


मुटुको रोगबाट बच्नका लागि नियमित रूपमा कम्तीमा दैनिक दुइ घण्टा सम्म व्यायाम गर्नुपर्दछ । शरीरको तौलमा कन्ट्रोल गर्ने कोशिश गर्नुपर्दछ । शाकाहारी हुनुपर्ने साथै हरियो सब्जिहरू तथा सलादको सेवन गर्नुपर्दछ । तीन पटक खाना खान सकिन्छ, तर खानामा कन्ट्रोल भने गर्नु पर्दछ । सर्दीमा तातो कपडाहरू लगाउने, ब्लड प्रेशरलाइ कम हुन नदिने । नियमित जांच गराउने, केही समस्या भएमा डक्टरहरूलाइ देखाउने गर्नु पर्दछ । सर्दीमा पाचन क्रिया शिथिल हुने गर्दछ, यसैले हल्का भोजन गर्ने, जंक फूड वा धेरै चिल्लो युक्त खाना खानबाट बच्ने गर्नुपर्दछ ।

 जो मानिसहरूलाइ डाइबिटीजको समस्या अनुवांशिक छ, उनीहरूले तुरून्तै आफ्नो तौलमा नियन्त्रण गर्नु पर्दछ । डाइबिटीजको फास्टिङ लेबल ११० भन्दा तल र खाना खाएपछि १८० भन्दा तल हुनु पर्दछ । यस भन्दा माथि भएमा डाक्टरसंग सल्लाह लिनु पर्दछ । हाई ब्लड प्रेशरका रोगीहरूलाइ हार्टअट्याक हुने खतरा हुन्छ, ब्रेन हेमरेज पनि हुन सक्दछ । हाई ब्लड प्रेशरका रोगीहरूले ४० बर्षको उमेरपछि रक्तचापको नियमित जांच गराउने गर्नुपर्दछ । नर्मल ब्लड प्रेशर १२०/८० हुनुपर्दछ । १५०/९० भन्दा माथि भएमा खतरा हुने गर्दछ । यसैले सर्दीको समयमा मानिहरूले आफ्नो मुटुलाइ जोगाउनका लागी निकै सावधानी अपनाउनु पर्ने कुरा डक्टरहरूले बताएका छन ।
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers