यदि तपाईं कपाल झर्ने समस्याबाट मुक्त हुन चाहनुहुन्छ भने यी उपाय गर्न सक्नुहुन्छ .....

के तपाई कपाल झरेर दिक्क हुनुभएको छ ? यदि दिक्क हुनुभएको छ भने अब तपाई कुनै पार्लरमा गएर हेयर ट्रिटमेन्ट गराउने आवश्यकता पर्दैन । किनकी हामी तपार्इलाई आफैले घरमा गर्न सकिने केही जुक्ति सिकाउँछौँ जसले तपार्इको कपाल र्झन कम हुनेछ । यसको लागि केही प्राकृतिक वस्तु तथा विधि काफी छन् । तल उल्लेखित सजिला टिप्स अपनाउने कोसिस गर्नुहोस् । यसले तपार्इको कपाल र्झनबाट रोक्न ठूलो मद्दत पुर्याउनेछ:-

१.तातो तेलले मालिस गर्नुहोस्:  तोरी, सरस्यूँ अथवा नरिवलको तेललाई हल्का तताउनुहोस् । ठिक्क तातेको तेलले कपालको जरा जरा सम्म पुग्ने गरी मज्जाले मसाज गर्नुहोस् । झण्डै एक घण्टा त्यत्तिकै राख्नुहोस् अनि त्यसपछि स्याम्पुले कपाल धुनुहोस् । राति सुत्ने बेलामा कपालमा तेल घसेर भोलि पल्ट बिहान कपाल पखाल्दा पनि हुन्छ ।

२.लसुन वा अदुवाको रसले मालिस गर्नुहोस्: बेलुका सुत्ने बेलामा कपालमा कपालमा लसुन, प्याज वा अदुवाको रस लगाएर मज्जाले मालिस गर्नुहोस् । रातभर त्यत्तिकै छाड्नुहोस् । अर्को विहान कपाल धुनुहोस् ।

३. टाउकोको मसाज टाउकोमा दिनहुँ हल्का रुपमा मसाज गर्दा कपालका जरामा रक्त संचार राम्रोसँग हुन मद्दत गर्छ । कपालका जरामा राम्रोसँग रक्तसंचार हुनु भनेको कपाल र्झनबाट रोकिनु हो । खालि हात वा हल्का तेल लगाएर पनि मसाज गर्न सकिन्छ । यस्तो मसाज दिनहुँ गर्नु राम्रो हुन्छ ।

४. ग्रीन टी: ग्रीन टी पानीमा पकाउनुहोस् अनि मनतातो भएपछि त्यो टाउकोमा खन्याउनुहोस् । एक घण्टासम्म राख्नुहोस् अनि कपाल पखाल्नुहोस् । ग्रिन टीमा एन्टी अक्सिडेन्ट तत्व हुने भएकाले त्यसले कपाल र्झनबाट रोक्ने तथा कपाल बढ्न समेत सहयोग पूराउँछ ।

५.योगा गर्नुहोस्:  विश्वास गर्नुस्, नगर्नुस् कपाल झर्नुको एक मुख्य कारण भनेको तनाव हो । जब मान्छे तनावमा हुन्छ तब उसको कपाल झर्ने समस्या बढ्छ । नियमित योगाले तनावलाई कम गर्ने तथा सरीरमा हर्मोनको मात्रा सन्तुलित गर्ने भएकाले कपाल र्झन कम हुन्छ ।
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers