को होला दुइवटा लिंग भएका यी युवक ? आयो आत्मकथा

एक युवकले वर्षदिन पहिले सोसल साइट रेडिटमा आफ्नो दुइहाँगे लिंगको तस्वीर अपलोड गरेपछि त्यसले ठूलै तहल्का मच्चायो । DoubleDickDude  बाट उनले आफ्नो जिउमा भएका दुइवटा गुप्तांगको तस्वीर पोष्ट गरेका थिए ।
आफ्नो वास्तविक नाम तथा पहिचान नखुलाएका ती २५ वर्षे युवकले रहस्यलाई झनै गहिरो पार्दै आफ्नो हास्यास्पद आत्मकथा सार्वजनिक गरेका छन् ।
‘डबल हेडर‘ तथा दुइ टाउके शीर्षकको उनको आत्मकथाले धेरैको ध्यान खिँचेको छ ।
तर ती युवक आफ्नो पहिचान बताउन तयार छैनन् । यदि आफ्नो वास्तविक कुरा अरुले थाहा पाएभने आफ्नो जिवन कहिल्यैपनि सामान्य हुन नसक्ने डर उनमा रहेछ ।
निकै दुर्लभ स्वास्थ्य समस्या मानिने डाइफालियाका कारण उनको लिंग दुइवटा भएको हो ।
रोलिंग स्टोन नामक वेबसाइट सँग कुरा गर्दै आफ्नो परिचय लुकाउनुको अर्थ बताउँदै उनी भन्छन्, ‘यदि सुपरम्यानले म क्लार्क केन्ट हुँ भनेर दुनियालाई बतायो भने उसलाई कसैले पनि एक्लो छाड्ने छैन ।’
यदि आफु सार्वजनिक भएर क्यामरा सामु गएमा त्यस दिनदेखि आफु आफु नरहने र दुइ लिंगे मानिस बन्ने उनको चिन्ता छ । सबै मानिसले आफुलाई दुइलिंगे भन्ने र अरु नयाँ मानिसलाई समेत बताउँदै हिँडेको दृश्य आफुलाई मन नपर्ने उनी बताउँछन् ।
आफ्नो ७६ पेजको आत्मकथामा उनले दुइवटा लिंग भएर बाँच्नुका फाइदा बेफाइदका बारेमा व्याख्या गरेका छन् ।
अमेरिकामा हरेक साठी लाख पुरुषमा एक जना पुरुषको जन्मिँदै दुइवटा लिंग हुने गरेको डेलीमेलले उल्लेख गरेको छ । अधिकांसले सानै उमेरमा दुइ मध्ये एक लिंग अप्रेसन गरेर फ्याँक्ने गरेको भएपनि यी बेनामी युवाले भने त्यसो गरेनन् ।
उनी जन्मिनुभन्दा अगाडि उनकी आमाका दुइवटा बच्चा खेर गएको हुँदा त्यसरी लिंग काटेर फ्याँक्दा तेश्रो छोरा पनि मर्ने डरले ती आमाले छोराको लिंगच्छेदन शल्यक्रिया गरिनन् ।
आमाले आफ्नो लिंग काटेर नफ्याँकिदिएको र दुइवटै लिंग रहन दिएकोमा उनलाई गर्व छ । दुइवटा कामलाग्ने लिंग भएको मान्छे आफु मात्रै भएकोमा उनलाई ठूलो गर्व छ । साथै आफ्नो यस्तो स्वास्थ्य समस्याप्रति परिवारका सदस्य निकै बुझक्की रहेको र आफुलाई ढाढस दिने गरेको उनी बताउँछन् ।
ती युवाका अनुसार उनका अण्डकोष अरु पुरुषकै जस्तै दुइवटा नै छन् । तर अण्डकोषबाट दुइ वटा लिंग पलाएका छन् । दुवै लिंग बराबर मात्रामा उत्तेजित हुने र दुवैले यौन सम्पर्क गर्न सकिने उनले खुलासा गरेका छन् । आफुले एउटै समयमा एउटा लिंग उत्तेजित गराउन सक्ने र अर्को लिंगबाट पिसाब फेर्न सक्ने दाबी समेत उनको छ ।
अझ रोचक कुरा त उनका दुइ लिंगमध्ये एउटा लिंगको कार्य प्रकृति महिला गुप्तांग जस्तै छ । अर्थात् उनको एउटा लिंग लिंगजस्तै र अर्को लिंगको काम योनीजस्तै छ । त्यसैले उनले अहिले ब्वायफ्रे ण्ड समेत बनाएका रहेछन् । कुनै समय उनी एकैपटक एक जना महिला र एकजना पुरुषसँग यौन सम्बन्धमा थिए । त्यसैले उनी दुइ लिंग भएको पुरुष मात्र होइन की द्विलिंगी पुरुष पनि हुन्, जसमा महिला र पुरुष दुवैको यौनांग छन् ।
- Source: www.onlinekhabar.com
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers