-नाईँ नभन्नू ल – ३ को शीर्ष गीत रिलिज (भिडियो सहित)-

काठमाडौ :  निकै सफल चलचित्र सिरिज नाईँ नभन्नू ल – ३ को शीर्ष गीत बुधबार साँझ रिलिज गरिएको छ । अहिले रिलिज गरिएको यस गीतमा तीन स्टार जोडीलाई एकैसाथ देख्न सकिन्छ । यस चलचित्रलाइ मुस्कान ढकालले निर्देशन गरेका हुन ।

यस चलचित्रमा सानो उमेरमानै स्टार बनेका अनुभव रेग्मी र आफ्नै उमेरकी नव कलाकार सफलता भट्टराई एकैसाथ देखिएका छन । त्यस्तै अभिनेता आर्यन सिग्देल र प्रियंका कार्कीको अर्को जोडी देखिएको छ । त्यस्तै अर्को स्टार जोडीमा भने अभिनेत्री संचिता लुइँटेल र सुरजसिंह ठकुरीका साथमा देख्न सकिनेछ । यस गीतमा संयोग योगी, राजेश पायल राइ र रजिना रिमालले स्वर दिएका छन ।

यो चलचित्र यहि बर्षको चैत्र २७ गतेदेखि देशव्यापी प्रर्दशनमा आउने भएको छ । यस अघिको चलचित्रहरू जस्तै यो सिरिज पनि पारिवारिक ड्रामा श्रेणीमा निर्माण गरिएको छ ।

यस चलचित्रमा पनि बसन्त सापकोटाले संगीत दिएका छन । बिकास आचार्यले निर्माण गरेको यस चलचित्रको अहिले सार्वजनिक गरिएको शीर्ष गीतको भिडियो हेर्नुहोस ।

http://earghakhanchi.blogspot.com/2015/01/blog-post_39.html

साभार श्रोतः कुविक एनपी न्युज 
ADD HERE
Categories: ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers