आजको राशिफल <> वि.सं.२०७१ साल माघ ५ गते, सोमबार


व्यावसायिक काममा खर्च बढ्नेछ। धर्मकर्ममा त्यत्ति समय दिन नसकिएला। सेवामूलक काममा पनि अवरोध आउला। अस्वस्थता अनुभूति हुनेछ। तर, जिम्मेवारी भने बढ्नेछ। सानातिना काममै अल्झनुपर्ला। अरूका काममै समय बिताउनुपर्ला। समयमा काम पूरा नहुनाले खिन्नता बढ्न सक्छ। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्।

वृष Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):
विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। सहयोगीहरूले समेत धोका दिन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।

मिथुन Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा):
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । यात्रामा केही समस्या आउलान्। अलि बाध्यताका काममा जुट्नुपर्ने योग छ।

कर्कट Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): 
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। शत्रु र रोगबाट छुटकारा पाइएला। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ राम्रै फाइदाको योग छ। अधिकार संरक्षण गर्न जुट्नुपर्ने समय छ। केही प्रतिस्पर्धा हुन सक्छ। तापनि, प्रयत्न गर्दा फाइदाको मौका छ। प्रतिस्पर्धीलाई सजिलै उछिन्न सकिनेछ। रोकिएका काम पनि बन्न थाल्नेछन्।  

सिंह Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
व्यावसायिक काममा अवरोध आउन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ने देखिन्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला।

कन्या Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। तर अनावश्यक शंका जाग्ने र शंकाकै कारण आत्मीय सम्बन्धमा कमी आउने योग छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती आउने देखिन्छ। मातृधन तथा परिवारजनको सहकार्यबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि फाइदा होला।

तुला Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
नयाँ काम सुरु गर्ने समय छ। मनग्ये धनलाभ हुने योग छ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनबाट पनि अलि टाढिनुपर्ने समय छ।

वृश्चिक Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
प्रयत्न गर्दा केही अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। धैर्यसाथ निरन्तरको प्रयत्नले मात्र फाइदा हुने देखिन्छ।

धनु Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
प्रशंसकहरू बढ्नेछन्। विशेष सभा-समारोहमा सहभागी भइएला। सामाजिक  प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ। प्रसन्नता मिल्नेछ। उत्साहजनक समय छ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ।

मकर Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):
आफन्तजनबाट अलि टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रको यात्रा भए पनि त्यत्ति लाभ नहुन सक्छ। यात्रा अलि कष्टसाध्य हुन सक्छ। व्यवसायमा पनि लगानी बढाउनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्। मुद्दा–मामिला, वादविवाद र प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ।

कुम्भ Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा):
गरेका कामबाट राम्रै लाभ हुनेछ। तर, तत्काललाई धेरै श्रमपछि कम मूल्य पाइने योग छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ला। लगानीको तुलनामा कम प्रतिफल पाइएला। तापनि, आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ। सामान्य आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ।

मीन Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):
प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला।
श्रोतः बरालगुरु 
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers