तपाइको आज <> वि.सं.२०७१ साल माघ १४ गते बुधबार

वि.सं.२०७१ साल माघ १४ गते। बुधबार।
इश्वी सन् २०१५ जनवरी २८ तारिख। नेपाल संवत् ११३५ शिल्लाथ्व।
प्लवङ्ग संवत्सर। उत्तरायण। शिशिर ऋतु।
माघ शुक्लपक्ष।
तिथि– नवमी, रात्रि १:२६ बजेउप्रान्त दशमी।
नक्षत्र– भरणी, अपराह्न ३:२८ बजेउप्रान्त कृत्तिका।
योग– शुभ, बिहान ९:०६ बजेउप्रान्त शुक्ल।
करण– वालव, दिउँसो २:०० बजेदेखि कौलव, रात्रि १:२६ बजेउप्रान्त तैतिल।
आनन्दादिमा काण योग।
चन्द्रराशि– मेष, बेलुकी ९:२० बजेउप्रान्त वृष।
काठमाडौंमा सूर्योदय– ६:५५ बजे, सूर्यास्त– ५:४० बजे र दिनमान २६ घडी ५२ पला।
पर्वविशेष– द्रोणनवमी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : 
पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : 
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्। दण्ड वा जरिवानामा परिने वा छर–छिमेकमा असमझदारी बढ्ने योग छ, धैर्यले काम लिनुहोला। काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। तापनि, प्रतिस्पर्धा र वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ। काम वा बसाइमा स्थानान्तरण सम्भावना छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : 
कृषि, पशुपालनमा कम र व्यापारमा सामान्य फाइदाको योग छ। थोरै भए पनि आम्दानी बढ्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर, आज श्रमको समुचित मूल्यांकन नहुन सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ। मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : 
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्तै फाइदा हुनेछ। मातापिताको आशीर्वाद र सहयोग प्राप्त होला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : 
धार्मिक तथा सामाजिक गतिविधिबाट प्रतिष्ठा पाइनेछ। पढाइमा प्रगति हुनेछ। परिश्रम परे पनि सफलता मिल्नेछ। मंगलमय कृत्य सम्पादन हुनुका साथै धार्मिक यात्राको योग छ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम पनि बन्नेछन्। नयाँ काम हात पार्ने मौका छ। तर, अरूका जिम्मेवारी पनि वहन गर्नुपर्ला। अस्वस्थताले पनि सताउन सक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : 
धेरैले सहयोगको तत्परता देखाउनेछन्। नसोचेको फाइदा उठाउन सकिनेछ। काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ। प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : 
आतिथ्यपूर्ण सम्मान पाइएला। मित्रता र प्रेमको बन्धन कसिनेछ। दाम्पत्य जीवन आनन्दमय बन्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने मौका आउला। नयाँ सवारी साधन प्राप्तिको योग छ। व्यापार–व्यवसायमा भने सोचेको लाभ नमिल्न सक्छ। आम्दानीको अनुपातमा खर्च बढी गर्नुपर्ला। यात्रामा पनि केही समस्या आउलान्। अलि बाध्यताका काममा जुट्नुपर्ला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : 
यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला। प्रतिष्ठाका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारबाट वञ्चित भइएला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
दाम्पत्य जीवन आनन्दमय बन्नेछ। आम्दानी प्रशस्तै बढ्नेछ। पढाइलेखाइमा प्रगतिको समय छ। सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। आतिथ्यपूर्ण सम्मान पाइएला। तर, सानो त्रुटिले बनिसकेको काम बिग्रने वा आकस्मिक झमेला आइलाग्ने समेत समय छ, सचेत रहनुहोला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn : 
मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि लाभ होला। अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला। सामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : 
विगतका कर्मको उचित प्रतिफल पाइनेछ। प्रतिस्पर्धापछि फाइदा हुनेछ। कृषि–चौपायामा भने अलि कममात्र फाइदा होला। तापनि अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। तापनि, प्रशस्त धन आर्जन गर्ने मौका छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : 
सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। मान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। अभिव्यक्तिले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। श्रोतः बरालगुरु
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers