मिडिया एनपी,काठमाण्डौ । चलचित्र ‘ईस्केप’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक करिब डेढ मिनेट लामो ट्रेलरमा यस अघि मोडेलका रुपमा परिचय बनाउन संघर्ष गरेका प्रदिप खड्का हाबी भएका छन् ।
‘ईस्केप’मा प्रदिपको संघर्षशील जीवनसँग मेल खाने भनाइहरुलाई पनि समावेश गरिएको छ । चलचित्रमा प्रदिपलाई अभिनेत्री रिमा विश्वकर्माले साथ दिएकी छिन् । रिमासँग एकतर्फी मायामा फसेका प्रदिपले आइ लब यु भने पछि रिमा उनी माथि जाइ लागेकी छिन् ।
लागु पदार्थको सेवनबाट निम्तिने समस्या चित्रण गरिएको चलचित्र माघ २३ देखि प्रर्दशनमा आउने भएको छ । जसलाई चलचित्र सम्पादनमा लामो अनुभव बटुलेका सम्पादक अनन्त घिमिरेले निर्देशन गरेका हुन् ।
Source: medianp.com
0 comments:
Post a Comment