जानी राखौ -किन नखाने कोक ? ५ डरलाग्दा कारण

 CLICK HERE
आफ्नो खानपिन र स्वास्थ्यका बारेमा हेक्का राख्नेले सहजै भनिदिन सक्छ कोक खानु भन्दा नखानु बेस हुन्छ। डाक्टरहरुले पनि बारम्बार यही भन्ने गरेका छन्।

रसायन र सुगरले भरिएका पेय पदार्थले शरिरमा कस्तो हानी पुर्याउँछन् भनिरहनु पर्ने कुरा पनि होइन। चर्चित पेय पदार्थ कोकाकोला अर्थात कोक पनि यसको अपवाद होइन।

तर कोक किन नखानु भनिएको हो र यसले हाम्रो स्वस्थ्यमा ठ्याक्कै पार्ने खराब असर चैं के हो धेरैलाई थाहा नुहुन सक्दछ।

सुगर र एसिड भएका खाना र पेयर पदार्थले दाँतलाई छिद्र पार्दछन। कोक यी दुबै चीजको भरमार उपस्थिति हुन्छ । यसले दाँतमा भएको इनामेल हटाउँछ। यस्तो भएमा उपचार त गर्न सकिएला तर दाँतको उपचार उस्तै महंगो पर्छ।

यसका लागि तपाईले कोक खाए लगतै ब्रश गरेर असर घटाउँछु भन्न त सक्नु हु्न्छ तर बुद्धिमानी कोक खान छोड्नु र पानीमै रमाउनु हो। संसारमा पानी जस्तो उपयुक्त अर्को कुनै पेय पदार्थ छैन् ।

कोकमा अत्याधिक मात्रमा कार्बोहाइड्रेट हुन्छ त्यसैले यसले मधुमेहलाई सधै निम्ता दिन्छ भनिन्छ। यसले मात्र २० मिनेटमा तपाईको ब्लड प्रेसर बढाउन सक्दछ। एकपटक मधुमेहको शिकार भइसकेपछी यसलाई निमिट्यान्न पार्न गाह्रो छ। त्यसैले यस्तो खतराको एउटा संभावनालाई हटाइदिएकै राम्रो ।

ठुला ठुला खेलाडीले विज्ञापनमा कोक खाएर कसिलो शरिर बनाएको देखेर नलोभिनुस। असलियतमा यस्तो हुँदैन् । कोक जस्ता पेय पदार्थले तपाईको मेटाबोलिजम कमजोर पार्छ। तपाईको शरिरले पर्याप्त मात्र बोसोलाई खपत गर्न पनि सक्दैन्। त्यसैले शुद्ध पिउने पानीको विकल्प नखोज्नुस ।

कोक लगायतका पेय पदार्थलाई गुलियो बनाउन प्रयोग गरिने कृतिम स्विटनरहरुले तपाईले अनुमान गरे भन्दा बढि हानी गर्दछन्। यी तत्वहरुले शरिरको भित्री अंगहरुलाई नराम्रो असर पुर्याउँछन्। त्यसैले कोक पिएर आनन्द लिए भन्ने नसोच्नुस बरु जिन्दगीलाई सकसपुर्ण बनाउँदैछु भने मनन गर्नुस।

कोकको नियमित सेवनले प्रजनन प्रणालीमा व्यापक असर गर्दछ। सन्तान उत्पादन क्षमतामै जोखिम लिनु भन्दा कोक नपिएकै बुद्धिमानी होइन र ?
ADD HERE
Categories: ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers