- बलात्कारमा लिप्त बाबुले छोरी बेहोस हुँदासम्म पनि बलात्कार गर्न छोडेनन (भिडियो सहित )

काठमाडौँ । जन्म दिने बुबाले आफ्नी छोरीलाई पटक पटक बलात्कार गरेको कल्पना गर्न सकिन्छ ? पछिल्लो समय एक पछि अर्को गर्दै यस्ता घटना नेपालमा पनि बढिरहेका छन् । घटना हो काभ्रेको । काभ्रेकी सबिना कार्की नाम परिवर्तन लाई आफ्ना बुबाले दिनहुँ जसो नै बलात्कार गर्ने गरेपनि उनले बेहोस भएको बेला पनि छोरीलाई बलात्कार गरिरहेको रहस्य खुलेको छ । रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले काभ्रेका त्यस्ता कुर्कमी बाबुको कुर्कमको पोल बिहिबार रक्षा नेपालमा खोलेकी हुन् । जसले पछिल्लो समय एकपछि अर्को गर्दै चर्चा पाउँदै गएको छ । र बलात्कारीको बिरुद्धमा पनि जनलहर जुट्दै गएको छ ।
 PLAY

यही कुरा ति युवतीले आफ्नी आमा,मामा र फुपुलाई भनेपनि उनीहरुले एक पटकलाई माफी गरिदिन आग्रह गरेपछि युवतीले धुलीखेलको जंगलमा गएर विष खाइन् । उनले आफ्ना बुबाको पेट बोकेर बाँच्नु भन्दा आफुले देह त्याग्ने निधो गरेर बिष सेवन गरे पनि प्रहरीले उनको उद्धार गरेपछि युवतीले लेखेको डायरीका आधारमा घटना सार्वजनिक भएको अध्यक्ष थापाले बताइन् ।

अध्यक्ष थापाका अनुसार आत्महत्या प्रयास गर्नु अघि ति युवतिले आफ्नी आमा अंकलसँग सल्केको र आफुले बाबुको भुँडी बोकेको आफन्तलाई भन्दा समेत न्याय नपाउने देखेपछि यस्तो कदम चाल्न बाध्य भएको उल्लेख गरेकि छिन् । ति युवतीलाई अहिले रक्षा नेपालको संरक्षणमा उपचार गरिराखिएको अध्यक्ष थापाले बताइन् । सो अवसरमा अध्यक्ष थापाले नेपालको कानुन अत्यन्त कमजोर रहेको बताइन् । उनले भनिन बलात्कार गर्ने बाबुलाइ जम्मा १८ बर्ष कैद हुन्छ , त्यो पनि ९ बर्षमा छुट्छ । यस्तो कानुनले पनि अपराधीलाई अपराध गर्न प्रशय दिइरहशेको छ । कानुन बलियो नभएसम्म यि र यस्ता घटना रोक्न गाह्रो हुने उनले बताइन् ।

भिडियो हेर्नुस :
स्रोत : कुविक एनपी न्युज 
ADD HERE
Categories: ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers