आजको राशिफलः वि.सं.२०७१ साल माघ २१ गते बुधबार


विश्वासपात्रबाट धोका हुन सक्छ, सचेत रहनुहोस्। परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। मातृधन तथा परिवारजनको सहकार्यबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि फाइदा होला। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : 
प्रतिस्पर्धी परास्त होलान्। उद्योग तथा व्यापारमा राम्रै फाइदा मिल्नेछ। तर, सहयोगीहरूले हात झिक्नाले केही समस्या आउलान्। आर्जित धन खर्च हुनेछ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषिकर्म र व्यावसायिक काममा भने परिश्रम धेरै गर्नपर्ला। प्रशस्त धन आर्जन र संग्रह गर्ने मौका छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : 
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। तर मान–सम्मानमा अलि आघात पर्ने योग छ, सचेत रहनुहोस्।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : 
उत्साहजनक समय छ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान, उपहार आदि पाइने समय छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ। प्रसन्नता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : 
काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। दूरदेशका व्यक्तित्वहरूलाई भेट्ने मौका छ। तर, नजिकका आफन्तहरू टाढिन सक्छन्। काम वा बसाइमा स्थानान्तरण सम्भावना छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : 
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा पनि राम्रै प्रगति होला। तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : 
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : 
परिश्रम परे पनि काममा सफलता मिल्नेछ। मंगलमय कार्यहरू सम्पादन होलान्। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत बन्नेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। अरूको मन जित्न सकिनेछ। पढाइमा प्रगति हुनेछ। रोगबाट आराम मिल्नुका साथै स्वास्थ्य सबल बन्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn : 
परिवेश रमाइलो रहनेछ। तर, खर्चप्रति चिन्ता बढ्नेछ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर, सोचेको लाभ नमिल्न सक्छ। केही बाध्यतामा परिने समय छ। दाम्पत्य सम्बन्धमा असन्तोष जाग्नेछ। पढाइलेखाइमा त्यति ध्यान दिन नसकिएला। लेनदेनमा पनि केही गुम्न सक्छ। आफ्नो पीरमर्का अरूलाई देखाउन समेत नसकिएला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : 
व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। आफ्नो अधिकारका लागि प्रतिस्पर्धामा उत्रनुपर्नेछ। शत्रु, रोग र मुद्दा–मामिलामा सावधानी अपनाउनुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा नयाँ अवसर पाइनेछ। मौकाको फाइदा लिन सकिनेछ। यात्रामा केही समस्या आउलान्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : 
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।श्रोतः बरालगुरु
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers