साइटमा कसरी प्रयोग गर्ने जसले आयमा बृद्धि गर्न मद्दत गर्दछ ?

प्रयोगका आफ्नै तरीकाहरु हुन सक्छन् । हुनत सबैको आ–आफ्नै तरीका र परिणामहरु हुनु स्वभाविकै हो । तर मैले यहाँ प्रस्तुत गरिरहेको विषय भने अलिक फरक छ, जसलाई मैले गुगल विज्ञापनहरुका विभिन्न आकार प्रकारहरुलाई विभिन्न तौल तरिकाहरुले मेरो ब्लग तथा साइटहरुमा राख्दा मैले पाएको अलग अलग परिणामहरु मध्येबाट उत्कृष्ट परिणामलाई तपाईंहरु समक्ष बाड्ने प्रयास हो । ती तरीकाहरु जसले मेरो आम्दानीमा दोब्बर रुपमा वृद्धि गर्न सहयोग पुरायो ।

त्यसो भए कसरी प्रयोग गर्ने त?

कसरी र कहाँ कुन साइजको विज्ञापन राख्ने भन्ने कुरा तपाईले डिजाइन गरेको अर्थात् तपाईको साइटको डिजाइनमा भर पर्दछ । जो कोही पनि तपाईंको ब्लग तथा साइटमा विज्ञापन हेर्न भनेर पनि आएका हुदैनन । बरु हुन सक्छ तपाईको साइटमा भएका राम्रा र आकर्षक सामाग्रीहरुका कारणले त्यो मन पराइ आएका हुन्छन । त्यसैले यो नै महत्वपूर्ण कुरा हो जुन विज्ञापन विज्ञापन जस्तो नदेखियोस, त्यो साइटको कुनै अर्को कन्टेन्ट जस्तो देखियोस । जसले क्लिक तथा पेजइम्प्रेशन पनि बढाउने काम गर्छ । 

- मेरो सल्लाह र परीक्षण अनुसार  Search Ads नराख्नुस । यसबाट पैसा आउने चान्स कम्ती हुन्छ । त्यसैले यो प्रयोगको काम छैन ।-त्यसै गरी धेरै साइटहरुमा सबैले राख्ने गरेको अर्को चर्चित गुगुल विज्ञापन 468x60 px size हो जुन साइट तथा ब्लगमा राखेर केही फाइदा छैन । तपाइले पनि साइट तथा ब्लग हेडरको छेउछाउ यो विज्ञापन राख्नुभएको भए हटाइदिनु भए हुन्छ ।  यसमा एकदमै थोरै पैसा आउँछ । त्यसैले यो प्रयोग गर्नुको काम छैन ।


-  अब हामीले खास प्रयोग गर्ने गुगल विज्ञापनको साइज भनेको  336x280 को हो जुन चै सबैभन्दा बढी प्रभावकारी छ, यसमा बढी नै रकम पाइन्छ ।

- त्यसैगरी अर्को भनेको प्रभावकारी विज्ञापनहरुमा  300x250, 160x600 हुन्  । तर 336x280 र 300x250 को विज्ञापनहरु प्रयोग गरे काफी हुनेछ ।
ADD HERE

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers