बुटवलवाट गुल्मी जाँदैगरेको ट्रक पाल्पामा दुर्घटना हुदा दुई जनाको मृत्यु

(२०६८ आषाढ १५, बुधवार)
पाल्पा  - बुटवलवाट  गुल्मी जाँदैगरेको ट्रक पाल्पाको देउराली गाविसको जोर्ते नजिकै दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । 

ना २ ख ८५०५ नम्वरको ट्रकका चालक मकवानपुर पदमपोखरी बस्ने ४० वर्षका नवराज घलानको मृत्यु भएको छ भने अर्का एक जनाको नाम ठेगाना खुलेको छैन । घलानको घटनास्थलमै मृत्यू भएको हो भने अर्का एक जनाको तानसेन स्थित मिसन अस्पतालमा उपचार हुंदा हुदै मृत्यू भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान भएको ट्रक दुर्घटनाका यात्रुलाई स्थानीयले उद्दार गरेका थिए । मुसल्धारे पानी परेका कारण प्रहरी उद्दारका लागि घटना स्थल पुग्न ढिलाई भएको थियो । गुल्मी मजुवामा पुल निर्माणका लागि सामान लिएर जाँदै गरेको ट्रक पल्टेर जोर्ते मन्दिरको अग्लो पहाडमा अड्केर झुण्डिएको अवस्थामा रहेको स्थानीय बासिन्दाले बताए । दुर्घटनाग्रस्त ट्रक सडकबाट १सय ५० मिटर तल पुगेको छ । दुर्घटनापछि पाल्पा-गुल्मी सडक अवरुद्ध छ । प्रहरीले सडक खुलाउने प्रयास जारीराखेको बताएको छ ।
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers