शिव वर्मा
अर्घाखॉची २५ असोज । राष्टिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर के सीले बर्तमान सरकारले शान्ति र सविधानको कार्यभार पुरा गर्न नसक्ने बताउनु भएको छ ।
राष्टिय जनमोर्चा अर्घाखॉचीद्वारा अर्घाको रानीगैरामा आज आयोजित जनसभा तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष केसीले नेपाली काग्रेस र एमाले जस्ता ठुला दलहरुलाई बाहिर राखेर मधेशवादी दलहरुको सहमतिमा मात्रै सरकारले शान्ति र संविधानको कार्यभार पुरा गर्न नसक्ने दावी गर्नुभयो ।
बर्तमान सरकारमा भट्टराई ईमान्दार भए पनि उहॉका सहयात्री मधेशी दल निकै खतराक र राष्टघाती भएको बताउँदै बर्तमान सरकार पनि विगतका सरकार जस्तै हुने टिप्पणी गर्नुभयो ।
सभासद समेत रहनु भएका के सीले समयमा सविधान निर्माण हुन नसक्नुमा शान्ति प्रक्रिया र संघीयता बाधक बनेको बताउनुभयो । उहॉले दलहरुले संघीयताको नारा उठाएर मुलुकमा साम्प्रदायिक दंगा मञ्चाउन खोजेको आरोप लगाउनुयो ।
के सीले माओवादी ईमान्दार भएर आए शान्ति प्रक्रियाले पूर्णता पाउने बताउँदै बोली र व्यवहारमा एक रुपता ल्याउन माओवादीलाई आग्रह गर्नुभयो ।
माओवादी र मधेशी मोर्चा बीच भएको ४ बुँदे सहमति तिन दल विच भएको पुरानो सहमतिको संस्थागत स्वरुप मात्र भएको भन्दै तत्काल ४ बुँदे सहमति खारेज गर्न माग गर्नुभयो ।
उहाले माओवादी सेना कुनै हालतमा नेपाली सेनामा समायोजन गर्न नहुने बताउँदै लडाकुहरुको उचित व्यवस्थापनको लागि सरकारले व्यवस्था मिलाउनु पर्ने बताउनुभयो ।
0 comments:
Post a Comment