शिव वर्मा
अर्घाखाँची २५ असोज । एकिकृत नेकपा माओबादीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले यो सरकारले नै शान्ति र संबिधानलाई निस्कर्षमा पु¥याउने दाबी गर्नु भएको छ ।
शान्ति र संबिधान निष्कर्षमा पु¥याउने बिषयमा आफुहरुको काग्रेस र एमालेसंग गम्भीर छलफल भैरहेको बताउँदै सबै दल मिलेर शान्ति प्रकृया निष्कर्षमा पु¥याएर छाड्ने प्रचण्डले बताउनु भयो ।
उहाले माओबादी भित्रको विवाद सामान्य मात्र भएको बताउदै द्वन्द्वकालमा समेत यस्ता अन्तसंघर्ष चलिरहेको र यो विवादलाई आज बसेको माओवादी पदाधिकारीको बैठकले साम्य पारेको समेत जानकारी दिनु भयो । माओवादीलाई अन्य शक्तिहरुले शान्ति र संबिधान बिरोधी भएको आरोप लगाएको बताउँदै माओवादीको संघर्ष संबिधान निर्माण, शान्ति प्रकृया र गाणतन्त्रलाई संस्थागत गर्ने भएको जानकारी दिनु भयो ।
अर्घाखाँचीको अर्घा मसुरपाटामा माओवादी अर्घाखाँचीले अर्घाको पुर्णिमा मेलाको अवसरमा गरेको बिशाल जनसभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।
उहाँले दलहरुकै विवादले शान्ति प्रक्रिया र नयाँ संबिधान निर्माणमा चाहेजति प्रगती हुन नसकेको बताउँदै माओबादी लडाकुको टुंगो नलगाएर बनाईएको संबिधान दिगो नहुने बताउनु भयो ।
कार्यक्रममा स्थानीय बिकास तथा शिक्षा मन्त्री टोपबहादुर रायमाझीले राष्टिय सहमतिको सरकार बिना संबिधान निर्माण हुन नसक्ने ठोकुवा गर्नु भएको छ । उहाँले राष्टिय सहमतिको सरकार बनाउनको लागि प्रयास भैरहेको र यो सरकारले नै शान्ति संबिधानलाई पूर्णता दिने बताउनु भयो ।
एकीकृत नेकपा माओवादीका स्थायी कमिटि सदस्य समेत रहेका रायमाझीले राजनीतिक स्वार्थ र ब्यक्तिगत स्वार्थ त्यागेर संबिधान निर्माण र शान्ति प्रकृया निष्कर्षमा पु¥याउनु पर्ने बताउनु भएको छ । उहाँले समयमा संबिधान निर्माण गर्न र शान्ती प्रकृया निस्कर्षमा पुराउन नसकेकाले राजनितिक दल र नेता प्रतिको बिश्वास गुमेको बताउनु भयो ।
कार्यक्रममा एकिकृत माओबादीका पोलीट्ब्युरो सदस्य गिरीधारीलाल न्यौपाने, केन्द्रिय सल्लाहकार राजु नेपाली, बिष्णुहरी शर्मा, जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रम माओबादी पोलीट्ब्युरो सदस्य हेमन्त प्रकाश ओलीको अध्यक्षता र डिलाराम आचार्यको संचालनमा सम्पन्न भएको हो ।
हेलिकप्टरवाट अर्घाखाँची आएका मओबादीका अध्यक्ष प्रचण्ड आजै काठमाण्डौ फर्कनु भएको छ ।
0 comments:
Post a Comment