गणेश खनाल
अर्घाखॉची । अर्घाखॉचीको विकट गाउँ सिमलपानीमा पहिलो पटक विजुली बलेपछि स्थानीय बासिन्दा दङ्ग परेका छन् । अध्यारोमा टुकीको भरमा चल्दै आएका सिमलपानी वडा नं. ५ र ९ का स्थानीय बासिन्दाहरु विजुलीको माध्यमबाट २४ सै घण्टामा उज्यालोमा बस्न पाएपछि दङ्ग परेका हुन् ।
अर्घाखॉची । अर्घाखॉचीको विकट गाउँ सिमलपानीमा पहिलो पटक विजुली बलेपछि स्थानीय बासिन्दा दङ्ग परेका छन् । अध्यारोमा टुकीको भरमा चल्दै आएका सिमलपानी वडा नं. ५ र ९ का स्थानीय बासिन्दाहरु विजुलीको माध्यमबाट २४ सै घण्टामा उज्यालोमा बस्न पाएपछि दङ्ग परेका हुन् ।
गाउँमा विजुली आएपछि गाउँलेहरुले झ्याई–झ्याई बाजागाजा र भोजभतेर गरेर नाचगान गरेका थिए । गाउँमा विजुली बत्ति आउला भनेर कल्पना समेत नगरेका स्थानीय बासिन्दाले अफ्नै गाउ‘मा शिविर नै चलाएर नेपाल विद्युत्त प्राधिकरणले मिटर बक्स उपलव्ध गराएपछि निकै खुसी भएका थिए ।
गाउ‘मा विजुली आउँला भनेर मैले सपना पनि देखेको थिइन्, तर लाईन आयो म एकदमै खुसी छु सिमलपानी ९ का ८७ वर्षीय वयोवृद्ध कुलप्रसाद भट्टराईले भन्नुभयो । विजुली त आयो तर मिटर ल्याउन जान धेरै पैसा खर्च गर्नु पर्दथ्यो, घरमै आएर विद्युत्त कार्यालयले मिटर उपलव्ध गराएपछि भने निकै खुसी देखिएका थिए ।
सिमलपानीबाट मिटरका लागि सन्धिर्खक जाँदा दुई हजार पच्चिस सय खर्च हुने थियो, तर विद्युत प्राधिकरणले शिविर नै ल्याएर गाउँलेको झन्डै आउँदा जाँदा १५० घर परिवारको ३ लाख भन्दा बढी रकम जोगादिएकोमा स्थानीय उपभोक्ताले विद्युत्त प्राधिकरणलाई सम्मान गरेका थिए ।
विद्युत्त प्रमधिकरणले घुम्ती सेवा अन्तर्गत १ सय ५० घर परिवालाई मिटर बक्स उपलव्ध गराएको जिल्ला विद्युत प्राधिकरण अर्घाखॉची शाखा प्रमुख हरिप्रसाद पाण्डेले बताउनुभयो । साथै राज्यले दलितका लागि निःशुल्क मिटर उपलव्ध गराउन भने अनुसार प्रक्रिया पु¥याएर आएका दुई दलितलाई निःशुल्क रुपमा मिटर उपलव्ध गराएको पाण्डेको भनाई छ ।
नेपालमै घुम्ती शिविर चलाएर सेवा उपलव्ध गराएको यो नै पहिलो घटना भएको प्राविधिक पदम भुसालले जानकारी दिनुभयो । जनतालाई आवश्यकता परे १ सय भन्दा बढी उपभोक्ताले निवेदन दिए आफुहरुले शिविर चलाएर सेवा दिने भुसालको भनाई छ ।
गाउँ विकास समितिको २४ लाख, सामुदायिक वन उपभोक्ता समितिको २२ लाख गरि कुल ४६ लाखको लागतमा गाउ‘मा विद्युत्त पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष टिका रेश्मीले बताउनुभयो । ठेकदार दिपक कार्कीले निर्धारित समय भन्दा २ महिना अगाडी नै आफ्ना काम सकेकाले स्थानीय बासिन्दाले विजुली बाल्न पाएका हुन् ।
0 comments:
Post a Comment