पन्ध्र बेडको क्षमतामा चालिस विरामी, कस्तो होला उपचार ?

गणेश खनाल
अर्घाखॉची । नेपाल सरकारले अनुमति दिएको १५ बेडको अपस्तालमा विरामी भर्नाको सख्या कति थेग्ला्, १७,१८ यो सबैले अनुमान गर्ने विषय हो, तर अर्घाखॉचीको जिल्ला अपस्तालको सवालमा यस्तो अनुमान गर्नुभयो भने तपाई फेल हुनुहुने छ । किनकी यहॉ कम्तीमा पनि ३० देखि ४० जनासम्म भर्ना भएका विरामी जवरजस्त थेगिरहेको छ । त्यसैले जिल्ला अपस्ताल अर्घाखॉचीले विरामीको उपचारका लागि भौतिक तथा प्रावधिक शक्ति मिलाउन हम्मे हम्मे परेको छ ।
नेपाल सरकारद्वारा १५ बेडको अनुमती अनुसार स्वास्थ्यकर्मी र भौतिक सुविधा पाएको अर्घाखॉची अपस्तालले दैनिक जसो नै ३० देखि ४० सम्म विरामी भर्नामा राखि उपचार गर्नु परेपछि व्यवस्थापनमा हम्मे हम्मे परेको हो ।
१५ बेडको अनुमती अनुसार १ मेडिकल सुपरीटेण्डेन, २ चिकित्सक, ४ स्टार्फ नर्स, १ मेडिकल रेर्कडर, २ अनमी, २ ल्यावटेक्निसियन, २ जना रेडियोग्राफर, ३ अहेव, १ लेखा, १ प्रसासन, १ स्टोर र १० जना कार्यालय सहयोगी सहित ३० जनाको दरवन्दी रहेको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखॉचीका प्रमुख डाक्टर चित्रप्रसाद शर्मा वाग्ले जानाकारी दिनुभयो ।
३० जनाको दरवन्दी भएपनि हाल पच्चिस जनाले कार्यालय चलाइरहेका छन् । १ जना डाक्टर, १ जना स्टार्फ नर्स अध्ययन विदामा रहेका छन् भने अन्य ३ जना कर्मचारी लामो समय देखि नै अपस्तालमा विभागबाट पठाईएको छैन् । त्यसै त विरामीको लोड त्यस माथी पनि सबै कर्मचारी नहु‘दा काममा झनै अप्ठेरो भएको डाक्टर शर्माको भनाई छ ।
डेलिभेरी महिलाको अप्रेसनका लागि भवन भएपनि आवश्यक प्रँविधिक र रगतको वैकल्पिक व्यवस्था नहँुदा प्रभावित हुँदै आएको छ ।
जिल्ला अपस्ताल अर्घाखॉचीमा ५० वेडको अनुमती हुनु पर्ने ठाउँमा १५ बेडको सुविधा छ कसरी सेवा पु¥याउने डा शर्माले भन्नुभयो । वेडको अभावमा दैनिक जसो नै भुईमा विरामी राखेर उपचार गर्नु पर्छ यो हाम्रो बाध्यता हो उहॉले थप्नुभयो । अत्यधिक विरामीको चाँपका कारण सरसफाई जति ख्याल गरेपनि सम्भव नहुँदो रहेछ डा. शर्माले दुःख मान्दै भन्नुभयो ।
यता अभावमा भएपनि चलिरहेको अपस्तालमा डाक्टरहरुको भने लापवार्ही गरी रहेको विरामीहरुको आरोप छ । हसंपुरबाट आएका एक विरामीले नाम नलेखिदिने आग्रह गर्दै भने हामी विरामीहरुले खासै डाक्टरको मुख देख्न पाउँदैनौ तर आफ्mनो निजि स्वास्थ्य केन्द्रमा भने धेरै जसो नै भईरहन्छन् उनले गुनासो गरे ।
अपस्ताल विकास समितीका अध्यक्ष भक्तबहादुर पुन ‘जलन’ले भन्नभयो, जिल्लामा विरामीको संख्या दिनका दिन बढ्दो छ तर, सरकारले १५ बेडको अनुमती दिएको छ । सोहि अनुसार चल्दा विरामीलाई पु¥याउनु पर्ने आवश्यक सुविधा पनि दिन सकिरहेको छैनौ उहॉले भन्नुभयो ।
विरामीलाई सजिलो होस भनेर विकास समितिले करारमा प्रावधिक कर्मचारी नियुक्त गरिएको छ उहॉहरुलाई तलव खुवाउन अप्ठेरो परिरहेको छ, सरकारले विकास समितिको नामको पैसा पनि काटिदैछ उहॉले अगाडी भन्नुभयो । अपस्तालका विरामीलाई राम्रो खाना खुवाउनको लागि एक क्यान्टिनको आवश्यकता भएपनि हालसम्म खुल्न सकिरहेको छैन् ।
जिल्ला अपस्तालले अघिल्लो वर्ष कुल १८ हजार २ सय विरामीको उपचार गरेकोमा अहिले साउनदेखि कात्तिकसम्म यो चौमासिक मै ८ हजार १ सय १२ जना विरामी आएको मेडिकल रेकर्डर निम रानाले जानाकारी दिनुभयो ।
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers