प्रेमनारायण आचार्य
अर्घाखाँची ७ पौष । एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य तथा स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार नै राष्ट्रिय सहमतिको सरकार वन्ने ठोकुवा गर्नुभएको छ । उहाँले शान्ति प्रकृयालाई तार्किक निष्र्कषमा पु¥याउन वर्तमान सरकार लागी परेको बताउँदै राष्ट्रिय सहमतिको विकल्प नभएको बताउनुभयो ।
सिमलपानी विद्युत उपभोक्ता समिती र डि एस ए कन्ट्रक्सन ट्रान्सपोटेसन सर्भिस सितापाइलाले निर्माण गरी सम्पन्न भएको विद्युत लाइनको सिमलपानीको छेडामा उद्रघाटन गर्दै मन्त्री रायमाझीले अर्घाखाचीलाई समुन्नत बनाउनका लागी सबैको सहयोग आबस्यकपर्ने बताउनुभयो । अर्घाखाँची ७ पौष । एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य तथा स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार नै राष्ट्रिय सहमतिको सरकार वन्ने ठोकुवा गर्नुभएको छ । उहाँले शान्ति प्रकृयालाई तार्किक निष्र्कषमा पु¥याउन वर्तमान सरकार लागी परेको बताउँदै राष्ट्रिय सहमतिको विकल्प नभएको बताउनुभयो ।
मन्त्री रायमाझीले अर्घाखाँचीका दुर्तमार्गलाई तिव्रताका साथ अगाडी वढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका केन्द्रीय सल्लाहर राजु नेपालीले बाबुराम भट्टराई नेतृत्वको सरकारले मुलुकमा ठुलो उपलब्धि गरेको बताउँदै सहमती सहकार्य गरेर विकास निर्माणमा लाग्न र जिल्लाको विकासलाई महत्वका साथ हेर्न मन्त्रीलाई सुझाव दिनुभयो ।
नेपाली काँग्रेसका सचिव वासुदेव आचार्यले वर्तमान सरकारले आफ्नो नैतिकता गुमाइ सकेकोले नयाँ सरकारको विकल्प नरहेको बताउनु भयो । नेता आचार्यले जिल्लाको विकासका लागि सक्ने भए विजयकुमार गच्छेदार जस्तो बनेर भाषण भन्दा पनि काम गरेर देखाउन मन्त्रीलाई सुझाव दिनुभयो ।
0 comments:
Post a Comment