पेट्रोलियम पदार्थ आपुर्ती हुन नसकेपछि कृषक समेत मर्कामा

प्रेमनारायण आचार्य
   अर्घाखाँची २५ मसिर । अर्घाखाँचीमा एक हप्ता देखि पेट्रोलियम पदार्थ आपुर्ती हुन नसकेपछि सेवाग्राहीहरु मर्कामा परेका छन् ।
    डिजेल तथा पेट्रोल पाईन छाडेपछि सवारी साधन तथा मोटरसाईकलहरु अन्य दिनमा भन्दा कम मात्रामा चलेका छन् । गहँु छर्ने समयमा डिजेल अभाव भए पछि कृषकहरुले गहुँ छर्न समेत नपाएको कृषकहरुले गुनासो गरेका छन् । 
     एक हप्ता देखि पेट्रोलियम पदार्थ नआएकाले समस्या उत्पन्न भएको भुसाल पेट्रोल पम्पका संचालक बसन्तप्रसाद भुसालले बताउनु भएको छ । एक हप्ता देखि पेट्रोलियम पदार्थ आपुर्ती हुन नसक्दा समेत आपुर्ती सहज गराउने विषयमा स्थानीय प्रशासन, राजनितिक दल तथा कुनै संघ सस्थाले पहल गरेका छैनन् ।
दैनिक रुपमा प्रयोग हुने पेट्रोलियम पदार्थको आपुर्ती सहज गराउन सम्बन्धित निकायले पहल गर्नु पर्ने बताउँदै कृषकको खेती गर्ने समयमा पेट्रोलियम पदार्थको समेत आपुर्ती गर्न नसक्ने सरकारको कुनै औचित्य नभएको काँग्रेसका जिल्ला सचिब बासुदेब आचार्यले बताउनु भयो ।
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers