जिल्ला शिक्षा कार्यालय, अर्घाखाँचीले निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षालाई व्यवस्थित गराउनको लागि लुम्बिनी अञ्चलमै पहिलो पटक कम्प्युटराईज्ड (सफ्टवेयरको) प्रयोग गरेको छ ।
यसको प्रयोगबाट जिल्ला, श्रोतकेन्द्र, विद्यालय र विद्यार्थीगत विवरणहरु अद्यावधिक गर्नुको साथै मार्कलेजर र मार्कसिट यसै मार्फत दिने व्यबस्थालाई सजिलो र सरल बनाएको छ । यसको प्रयोगबाट विद्यार्थीहरुको रेकर्ड अद्यावधिक र भविष्यमा विवरणहरु हेर्न सकिने भएकोले यसको आवश्यकता महसुस गरिएको कुरा कम्प्युटर अपरेटर कृष्ण बर्माले बताउनु भयो ।
0 comments:
Post a Comment