पुष्पलाल स्मृति दिवस मनाईयो


पुष्पलालले देखाएको बाटोबाट अगाडी बढेमा विद्यमान सबैखाले समस्या समाधान हुनेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । 

३५औँ पुष्पलाल स्मृति दिवसको अवसर पारी ने.क.पा. एमाले अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित नेपाली कम्प्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान विषयक अन्तरक्रिया कार्यक्रममा मतव्य राख्ने वक्ताहरुले कम्प्युनिष्ट पार्टीका नेताहरुमा त्याग सर्मपण र स्वाभिमान हराउँदै गएको प्रति दुःख व्यक्त गर्दै कम्प्युनिष्ट पार्टीका नेता तथा कार्यकताहरु जनताको प्रिय साथी बन्नुपर्ने बताए । 
वक्ताहरुले राष्ट्रिय स्वाधिनता गम्भीर संकटमा परेको बताउदै कम्प्युनिष्ट पार्टीको सरकारले विप्पा सम्झौता गर्नुका साथै विमान स्थलको व्यवस्थापन भारतलाई जिम्मा दिन खोज्नु गम्भिर कमजोरी रहेको औल्याए । 
दोश्रो संविधान सभाको निर्वाचन मंसिर ४ गते गर्नुको कुनै विकल्प नभएको भन्दै वक्ताहरुले बताए ।  
यसरी मन्तव्य राख्नेहरुमा एमाले राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य नरेन्द्रकुमार क्षेत्री, अञ्चल कमिटी सदस्य रामजीप्रसाद घिमिरे, एमाले केन्द्रिय स्कुल विभागका सदस्य बुद्धिबहादुर रायमाझी, एमाले नेता जनार्दन खनाल लगायत थिए ।
एमाले अर्घाखाँचीका उपाध्यक्ष जिवनारायण कोइरालाको अध्यक्षता र सचिव रामबहादुर चौहानको संचालनमा सम्पन्न कार्यक्रममा एमाले जिल्ला उपसचिव प्रेमनारायण गैरे, एमाले कानून विभागका सदस्य खेमराज खनाल, अनेम संघका केन्द्रिय सदस्य विजुला रायमाझी, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा एमाले प्रचार विभागका सदस्य हिमबहादुर जि=सी= लेकाली र जनसाँस्कृतिक महासंघका अध्यक्ष खगेश्वर के=सी=ले कविता तथा गित प्रस्तुत गर्नु भएको थियो ।

ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers