चन्द्रबहादुर पुन मगरलाई सहयोग गर्ने कोही होलान् !


ड्राईभर पेशा गर्दै आएका अर्घाखाँची जिल्ला सिद्धारा गा.वि.स. वडा नं. ५ का चन्द्रबहादुर पुन मगर जीवनमरणको दोसाँधमा पुगेकछन् । केही समय अघि स्वास्थ्य परीक्षण गर्दा उनका दुबै मृगौला खराब भएको प्रमाणित भएको थियो ।
चन्द्रबहादुर पुन मगर

भनिन्छ ऋण लागोस् तर दीन नलागोस् । तर के गर्नु दीनले धनी, गरीव, वालक, युवा, तन्नेरी, वृद्ध केही भन्दोरहेनछ । जव मानिस दुई छाक जोहो गर्नको लागि रात दिन काममा खटिरहेको हुन्छ तव खतरा मानिएका ठूला रोगहरुले मानिसलाई गाँजो गाड्दछ भने अवस्था के होला  ? यस्तै नियती भोग्नु परेको छ अर्घाखाँची जिल्ला सिद्धारा गा.वि.स. वडा नं. ५ का चन्द्रबहादुर पुन मगरले ।
ड्राईभर  पेशाका पुनका अहिले दुवै मृगौलाले काम गर्दैनन् । बल्ल २४ वर्षको कल्कलाउँदो उमेरका चन्द्रबहादुरका घरमा आमा, वुवा, भाई, श्रीमती र एक छोरी हुनुहुन्छ । ३ वर्ष अघि विहे गरेका चन्द्रको छोरीको बल्ल २ वर्षकी छन् । घर परिवार चलाउनको लागि ७ वर्ष अघि (जुन बेला उनी १७ वर्षका थिए) देखि नै देउराली यातायात व्यवयायी संघको जीपमा सहायक चालकको कामगर्न सुरु गरेका पुन हाल सोही यातायातको लु.१ ज. २०८७ को जीपका चालक थिए ।  तर सोचेजस्तो भइन उनको जीवन । जब उनी बिरामी परेर जिल्लाबाट त्रि.वि. शिक्षण अस्पतालमा रिफर भए, केही दिनको परीक्षण पश्चात उनको रिपोर्टबाट पत्ता लाग्यो की उनका दुवै मृगौला काम नलाग्ने अवस्थामा पुगेछन् । जिल्लाको सदरमुकाम सन्धिखर्क,  ईशाराटोलमा भाडामा बस्दै आएका उनीसँग कत्ति पनि पैसा छैन । उनका लागि मृगौला बुवा वा आमा मध्ये कसैको प्रत्यारोपण गर्ने निश्चित भयो तर डायलोशिस र औषधीको लागि आवश्यक पर्ने करिव ८ लाख रुपैँया जुटाउन त्यति सजिलो भएन । यही पिडाले उनी र घर परिवारका आँखा ओभाना छैनन् । आर्थिक अभावकै कारण जीन्दगीको सबैभन्दा पिडादायी क्षणमा थला परेका पुनलाई तपाई हाम्रो सहयोगको अत्यन्तै खाँचो रहेको छ । परिवारले उपचारमा आवश्यक आर्थिक सहयोग गरेर जीवन बचाइदिन सबैसँग अपिल गरेका छन् । उनको उपचारमा सहयोग गर्न चाहने व्यक्तिले निज विरामी चन्द्रबहादुर पुनको फोन नं. ९८४७३१२५०१/सन्धिखर्कका लागि माधवप्रसाद पौडेल फोन नं. ९८५७०६३३३३ मा सम्पर्क गर्न सक्नुहुनेछ । सोझै आर्थिक सहयोग गर्न चाहनेले निज विरामी चन्द्रबहादुर पुनको नेपाल एस.वि.आई. बैंक सन्धिखर्क शाखामा रहेको खाता न. २२८१५२४१४०१४०९ NPR विरामीकी श्रीमती रिता टण्डन (पुन) को मेगा बैंक नेपाल, सन्धिखर्क शाखामा रहेको खाता नं.००४००५००२९९२१ मा समेत सिधैं जम्मा गर्न सक्नुहुनेछ ।
तपाईहरुद्वारा प्राप्त सङ्कलित रकमलाई पारदर्शी ढङ्गले सार्वजनिक गरिने छ ।
तपाई हाम्रो सानो सहयोगले चन्द्रबहादुर पुन मगरले पुनर्जन्म पाउने छन् । त्यसैले पूण्य कमाउन काँसी जानु पर्दैन, दुःखको समयमा सानो सहयोग गरे पुग्दछ । धन्यवाद ।

ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers