मनिला: फिलिपिन्समा एक अचम्म लाग्दो घटना भएको छ। मृत घोषित बालिका अन्तिम संस्कारका क्रममा बिउँझेकी थिइन्। तीन वर्षीया बालिका जीवित भएको देखेर उनका परिवारजन निकै खुसी भए, तर त्यो खुसी लामो समयसम्म भने रहेन। जामबोनगा डेल सुरका ती बालिकाको जीवित भएको केही समयपछि फेरि मृत्यु भएको छ। तर, अन्त्येष्टिका क्रममा भएको बिउँझाइँ सबैका लागि अविष्मरणीय रह्यो।
बालिकालाई कफनमा राखिसकेपछि बाँकी काम पूरा गर्न एक छिमेकीले कफन उघारेका थिए। त्यतिबेला ती व्यक्तिले चिहानमा केही हलचल भएको अनुभव गरे। उनले बालिकाको टाउको हल्लिरहेको देखे। छिमेकीले भने, 'बालिकाको नाडी छाम्दा जीवित रहेको पायौं। त्यसपछि बालिकालाई पानी खुवायौं।'
जीवित भएको चाल पाउँदा चाहिँ बालिकाका बाबुले बोकेर अस्पताल कुदाइहाले। त्यहाँ रहेका एक व्यक्तिले पूरा घटनाक्रमको भिडियो बनाएर युट्युबमा सेयर गरेका थिए। यो भिडियो युट्युबमा निकै चर्चित भयो। युट्युबमा पछिल्लो दुई दिनमा यो भिडियो ४० लाखभन्दा बढीले हेरिसके।
ती बालिकालाई जीवित हुने आशा धेरैले गरेका थिए, तर आइतबार ती बालिका फेरि कोमामा गइन् र सोमबार चिकित्सकहरूले मृत घोषित गरे। ती बालिकालाई केही दिनदेखि ज्वरो आइरहेको थियो।
प्रहरी हेइडिल तिलानले भने, 'शनिबार बिहान ९ बजे चिकित्सकले बालिकाको नाडीको चाल नभएको र सास नभएको घोषणा गरेका थिए। यद्यपि अन्त्येष्टिका क्रममा उनी अचम्म लाग्दो किसिमले जीवित पाइयो। उनको मृत्यु भएको खबर पायौं, यसमा हामी दु:खी छौं।' मृत्यु भएको घोषणापछि बिउँझिने ती बालिका मात्र होइनन्। यस्तो घटना धेरैपटक भएका छन्। जिम्बाबेमा ३४ वर्षीय डामा जान्थे कफनमा चलिरहेको देख्दा शोक मनाइरहेकाहरूले आत्मा तर्साउन आएका ठानेका थिए। त्यस्तै उत्तरी ब्राजिलको बेलेममा दुई वर्षीय बालक केल्भिन सान्तोस पनि मृत घोषित भइसकेपछि बिउँझिएका थिए। उनले उठेर एक गिलास पानी मागे। ती बालकले आनन्दले पानी खाए र फेरि सुते। त्यस क्रममा उनको मृत्यु भयो।-एजेन्सी

0 comments:
Post a Comment