१२ को नतिजा ढिलो


काठमाडौं– कक्षा १२ को नतिजा एक महिना ढिला आउने भएको छ। तीन महिनाभित्र परीक्षा नतिजा सार्वजनिक गर्ने भनिए पनि उच्च माध्यमिक शिक्षा परिषदले साउन अन्तमा मात्र परीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ।
वैशाख १९ देखि ३० सम्म परीक्षा सञ्चालन भएको थियो। परिषदका उपाध्यक्ष हेमकुमार मिश्रले उच्च माध्यमिक विद्यालय शिक्षकहरुको आन्दोलनले परीक्षाको नतिजा सार्वजनिक गर्न ढिलाइ भएको बताए।
‘हिस्टानका शिक्षकहरुले दुई सातासम्म परिषदमा तालाबन्दी गरेकाले नतिजा प्रकाशनमा ढिलाइ भयो,' उपाध्यक्ष मिश्रले नागरिकसँग भने, ‘विज्ञान विषयको नतिजा आसारभित्रै प्रकाशन गर्ने प्रयास गरे पनि सकिएन।'
विज्ञान विषयको नतिजा पहिले प्रकाशन गर्न परिषदको तयारी रहेको उनले जानकारी दिए। परिषदले ४ लाख विद्यार्थीको उत्तरपुस्तिका परीक्षा तथा सम्परीक्षण गराउने काम अन्तिम चरणमा रहेको जानकारी दिएको छ।
- Source: http://www.nagariknews.com/
ADD HERE
Categories: ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers