घट्टेटारीमा वार्षिक दश लाखको लिची उत्पादन

पिताम्मर रायमाझीको बारीमा फलेको लिची
रुद्रमणि भुसाल
अर्घाखाँची असार २९  । 
सन्धिखर्क नगरपालिका वडा नं. २ घट्टेटारीका पिताम्मर रायमाझीले वार्षिक ४ लाखको लिची उत्पादन गर्छन । उनी जिल्लामै सबै भन्दा धेरै लिची उत्पादन गर्ने कृषक हुन । उनको घरपरिपरी करिव ५०-७० ओटा लिचीका बोटहरु छन् । सबैजसो बोटहरु लटरम्मै फलेका छन् । फलको भारले हागा भाचिने अबस्थामा छन् । लिची पाकेर रातै छ । उभिएर धेरै बेर  हेरीरौं जस्तो छ  । बारी पारीबाट पनि निकै रमणिय देखिन्छ उनको लिची बगैंचा ।
रायमाझीलाई अहिले  लिची डटिप्न भ्याइनभ्याइ छ । उनी फलफुल खेतीबाटै घर खर्च चलाइरहेका छन् । फलफुल खेतीको आम्दानीबाट छोरा छोरीको शिक्षा दिक्षामा निकै ठुलो सहयोग मिलेको बताए । उनका दुई छोरा र चार छोरी छन् । दुइ छारा इन्जिनियर छन । जेठी र साइली  छोरीले विए पास, माइली स्टाफनर्स, र कन्छी छोरीले एमविए पास गरेर सबैले जागिर खाएको बताए । ‘म घर घडेरी किन्ने पक्षमा रहेन’ उनले भने, ‘कृषिबाट भएको आम्दानीले छाराछोरीलाई राम्रो शिक्षा दिक्षा दिए ।’
उनी विहान देखि बेलुका सम्म वगैंचामै लिची टिप्न व्यस्त हुन्छन् । लिची बजारसम्म पुर्याउनु पनि पर्दैन । घरमै आएका सन्धिखर्कका व्यपारीले लिची खरिद गर्छन । दिनको दुइ÷ तिन क्युन्टल सम्म लिचि घरबाटै बेच्छन । ‘बोकेर बजार  जानु पदैन’ उनले भने, ‘व्यापारी घरमै आउँछन ।’ उनले यस वर्ष राम्रो फलेकाले आम्दानी पनि वढ्ने आशा लिएको बताए । उनी  २०३७ सालमा ५० ओटा लिचीका विरुवा लगाएर लिची खेती सुरु गरेको स्मरण गर्छन ।
तत्कालिन जिल्ला पञ्चायत अन्र्तगतका  कृषि प्राविधिक जे.टिको सल्लाह अनुसार फलफुलका विरुवा रोपेको उनले बताए । उनी कहाँ करिव एक सय ओटा आँपका फल दिने रुख पनि छन । आँपबाट पनि बार्षिक ढाई तिन लाख आम्दानी गर्ने उनी बताउँछन । फलफुलबाट बार्षिक छ लाख आम्दानी गर्ने उनले बताए । ‘त्यत्ति बेलाका कृषि प्राविधिक टिकारामजीले मलाई विरुवा लगाउन प्रोत्साह गर्नु भयो’ उनले भने, ‘यो सबै उहाँकै देन हो ।’
अहिले बजारमा लिचीको माग निकै वढदो छ । रायमाझीले घरबाटै ७० रुपौयाँ प्रति किलोमा लिची बेचिरहेका छन् ।  बजारमा भने १ सय देखि १ सय २० रुपौयाँ सम्म पर्छ । उनी लिची फलफुल भरीमा सबै भन्दा उत्कृष्ट भएको उनी बताउँछन् ।  ‘अधिकांश फलफुलमा विषादीको प्रयोग हुन्छ’ उनले भने, ‘लिची औषधि र विषादीको प्रयोग बिना उत्पादन हुन्छ ।’
उनी लिची खाँदा स्वास्थ्यलाई पनि फाइदा हुने बताए । उनी मात्र नभएर घट्टैटारीका करिव एक दर्जन कृषक कहाँ लिची उत्पादन हुन्छ । यहाँ सबैले लिची बिक्री गर्छन । बार्षिक एक लाख देखि ५०÷६० हजारको लिची सबैले बिक्री गर्छन । यो गाउँमा वार्षिक दश लाखको लिची उत्पादन हुन्छ । 
ADD HERE
Categories: , ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers