अर्थमन्त्रीले बजेट भाषण गर्दा कति पैसा पाउँछन् ?

पूर्वअर्थमन्त्री भन्छन्- मलाई पत्नीले पैसा मागिन्
२९ असार काठमाडौं । अर्थमन्त्रीले संसदमा बजेट भाषण गरेवापत कति रुपैयाँ पाउलान् ? तपाईहरुको अनुमान हुन सक्छ, एक लाख या दुई लाखसम्म अर्थमन्त्रीलाई आम्दानी हुन सक्ला ।
यस्तै हल्ला सुनेकी एकजना पूर्वअर्थमन्त्रीकी पत्नीले आफ्ना पतिसँग बजेट भाषण पढेवापतको पैसा मागेको रहस्य खुलेको छ । खिलराज रेग्मी नेतृत्वको सरकारका अर्थमन्त्री शंकर कोइरालाले बजेट भाषणपछि आफ्नी पत्नीलाई प्रष्टीकरण दिनुपरेको हो ।
‘बजेट पढेको पारिश्रमिक खै भनेर मेरो परिवारमा पनि प्रश्न सोधियो’ पूर्वमन्त्री कोइरालाले अनलाइखबरसँग भने-’अर्थमन्त्रीले बजेट पढेको पारिश्रमिक लिने चलन छैन’ उनले भने -पहिले पनि लिने चलन थिएन, हल्लामात्रै चलेको हो ।’
पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी पनि संसदमा बजेट भाषण पढेवापत एक पैसा नपाइने गरेको आफ्नो अनुभव सुनाउँछन् । ‘अर्थमन्त्रीले बजेट वक्तव्य दिँदा एक लाखदेखि दुईलाखसम्म भत्ता पाउँछन् भन्ने हल्ला मेरो पालामा पनि चलेको थियो,’ पूर्वअर्थमन्त्री अधिकारीले भने, ‘मैले बजेट पढ्दा एक पैसा लिएको छैन । अर्थमन्त्रीले पैसा पाउँछ भन्ने हल्लामात्रै हो ।’
पञ्चायतकालमा राजाले अर्थमन्त्रीलाई बक्सिस दिने गरेको भए आफूलाई त्यसबारे थाहा नभएको तर संसदीय लोकतन्त्रमा कुनै पनि अर्थमन्त्रीलाई त्यसरी भत्ता दिने चलन नरेको अधिकारीले बताए ।
आफ्नो बजेट ‘नन पपुलिस्ट’ तर सफल भएको कोइरालाको दावी
यसैवीच रेग्मी सरकारका अर्थमन्त्री कोइरालाले आफूले घोषणा गरेको बजेट ‘नन पपुलिस्ट’ -सस्तो लोकपि्रयताविहीन) तर सफल भएको दावी गरेका छन् । राजनीतिक नेतृत्वको सरकारले जस्तो सस्तो लोकपि्रयताका लागि वितरणमूखी बजेट नल्याएकाले आफ्नो बजेट लक्ष्य प्राप्त गर्न सफल भएको उनले बताए ।
‘मैले बजेट ल्याउनुअघिका वर्ष क्रमश ३.९ र ४.६ प्रतिशतको आर्थिक वृद्धि प्राप्ति भएको थियो’ कोइरालाले भने ‘यस्तो अवस्थामा ५.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राख्दा धेरैले शंका गरेका थिए ।’ तर, आफूले लिएको आर्थिक वृद्धिको लक्ष्य लगभग पूरा हुने निश्चित भएपछि आत्मैदेखि सुखी भएको उनले बताए । चालु आर्थिक वर्ष -२०७०/०७१)का लागि कोइरालाले ५१७ अर्बको बजेट ल्याएका थिए ।
अर्थमन्त्रालयले केही दिनअघि सार्वजानिक गरेको आर्थिक सर्वेक्षणले चालू आवमा ५.२ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको छ । आगामी बजेटले पनि लोकपि्रयताका लागिभन्दा जनताका वास्तविकता बुझेर बजेट ल्याउनुपर्ने कोइराला सुझाव छ । ‘लोकप्रियताका लागि ल्याइएको बजेट सफल हुन सकेका छैनन्’ उनले भने -त्यसैले आर्थिक वृद्धिलाई केन्द्रविन्दुमा राखेर बजेट ल्याउनु राम्रो हुन्छ । किनभने अहिलेको आवश्यकता आर्थिक वृद्धिको हो ।
ADD HERE
Categories: ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers