एमालेको नेतृत्व चयनका लागि आज मतदान

काठमाडौ, असार २७ – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुदैछ ।
नयाँ नेतृत्वको लागि एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले छुट्टाछुट्टै प्यानल सहित उमेदवारी दर्ता गराउनुभएको छ । 
एमालेको निर्वाचन आयोगले बिहीबार राती प्रकाशित गरेको उमेदवारको अन्तिम नामावली अनुसार पदाधिकारी सहित १ सय ५८ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय ३५ जनाको उम्मेदवारी परेको छ । त्यसमा दुई प्यानल बाहेक स्वतन्त्र उमेदवार १९ जना छन् ।
मतपत्रमा दुई वटा प्यानल र स्वतन्त्र गरी ३ कोलम राखिने निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले जानकारी दिनुभयो । प्यानल सहित हुने चुनावमा पनि मतपत्रमा उमेदवारको सूचि क्रमैसंग राखिने गरिएपनि प्यानल नै छुट्टयाएर मतपत्रमा राखिएको यो पहिलो पटक हो ।
शुक्रबार बिहान ८ वजेदेखि मतदान गर्ने भनिएपनि मतदाता परिचत्र पत्र बाँड्ने र मतपत्र छाप्ने काम नसकिएकोले ढिलो हुने उहाँले बताउनुभयो । प्रतिनिधिलाई मतदानको लागि छुट्टै बारकोड युक्त डिजिटल मतदाता परिचयपत्र बाढ्ने काम भैरहेको छ । त्यसपछि ११ बजेसम्ममा मतदान शुरु हुने उहाँले बताउनुभयो ।
एमालेको नेतृत्वको लागि नेपाल पक्षले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, लालबाबु पण्डित र राजेन्द्र पाण्डे, महासचिवमा सुुरेन्द्र पाण्डेलाई अघि सारेको छ  भने उपमहासचिवमा रघुजी पन्त र घनश्याम भुसाल हुनुहुन्छ ।
त्यस्तै, सचिवमा गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्य, बेदुराम भुसाल र परशुराम मेघी गुरुङको उम्मेद्वारी दर्ता भएको छ । नेपाल पक्षले झलनाथ खनाल निकटका राजेन्द्र पाण्डे, बेदुराम भुसाल र भीम आचार्यलाई समेटेर प्यानल बनाएको हो ।
केपी ओलीको प्यानलको उपाध्यक्षमा वामदेव गौतम, विद्या भण्डारी, प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथप्रसाद साह, महासचिवमा ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र शंकर पोखरेल हुनुहुन्छ । त्यस्तै सचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, रघुवीर महासेठ र केशवलाल श्रेष्ठ हुनुहुन्छ ।
Source: http://ujyaaloonline.com/
ADD HERE
Categories: ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers