स्वास्थ्य प्रयोगशालाका क्षेत्रमा नयाँ सफलता : बायोसेफ्टी लेवल –३ स्थापना



प्रयोगशाला स्थापना गर्नेमा नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा भारतपछि दोस्रो हो
काठमाडौँ -  नेपालले स्वास्थ्य प्रयोगशालाका क्षेत्रमा बायोसेफ्टी लेभल बिएसएलनामक नयाँ प्रयोगशाला स्थापना गरी दक्षिणपूर्वी एसियामा नयाँ सफलता हात पारेको छ ।
कडा खालका सङ्क्रमणका ब्याक्टेरिया, भाइरस र परजीवी जीवाणु परीक्षण सो प्रयोगशालामा गर्ने गरिन्छ । प्रयोगशाला स्थापना गर्नेमा नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा भारतपछि दोस्रो हो ।  मानव, जनवार तथा पक्षीका डिएनए, आरएनए, तन्तु तथा वंशका बारेमा सूक्ष्म परीक्षण सो प्रयोगशालाबाट गर्न सकिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको हाता टेकुमा स्थापना गरिएको सो प्रयोगशाला सञ्चालन हुन भने केही समय लाग्नेछ । नेपालले यसअघि बायोसेफ्टी लेभल  ‘बिएसएल१ र २प्रयोगशाला सञ्चालन गरिसकेको छ ।  विश्व स्वास्थ्य सङ्गठनको आर्थिक र विश्व बैंकको आर्थिक प्राविधिक सहयोगमा प्रयोगशाला स्थापना गरिएको हो । अमेरिकाको न्युयोर्कमा रहेको विश्व स्वास्थ्य सङ्गठनको मुख्यालयले प्रयोगशाला सञ्चालनका लागि आधिकारिक प्रमाणपत्र दिएपछि मात्र सो प्रयोगशाला सञ्चालनमा आउने छ ।
पछिल्लो समय खासगरी दक्षिणपूर्वी एसियाका मुलुकमा देखापरिरहेका एभिएन एन्फ्लुएन्जा ए/एच५एन १, एच७ एन१, मिर्सकोभडेँगु, निपा भाइरस, जापानी इन्सेफ्लाइटिस, निपा भाइरसलगायत समयमा नियन्त्रण तथा रोकथाम र महामारीका रुपमा फैलिन प्रयोगशालाले कोसेढुङ्गाका रुपमा काम गर्नेछ ।
कृषि विकास मन्त्रालयअन्तर्गतको जुनोसिस नियन्त्रण आयोजना   र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशालाको उपकरण खरिदका लागि आर्थिक सहयोग गरेका थिए । प्रयोगशाला स्थापनासँगै नेपालले विश्व स्वास्थ्य सङ्गठनको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीलाई पूरा गर्न सफलता प्राप्त गरेको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सेनेन्द्रराज उप्रेतीले प्रयोगशालाको शुभारम्भ कार्यक्रममा भने बायोसेफ्टी लेभल३ स्थापना गरी सञ्चालनमा ल्याउने २० वर्ष अघिको सपना बल्ल पूरा भयो ।’  उनले मानवका श्वासप्रश्वासका कारण सर्ने जटिल प्रकारका भाइरस र  ब्याक्टेरियाको प्रकार पहिचान गर्न र पशु तथा पक्षीजन्य पदार्थका कारण मानवमा सर्न सक्ने क्षति रोक्न प्रयोगशालाले सहयोग पु¥याउने बताए ।
स्वास्थ्य सचिव डा प्रवीण मिश्रले प्रयोगशाला सञ्चालन गर्न आर्थिक एवम् प्राविधिकरुपमा कमी हुन नदिने जानकारी दिए । प्रयोगशालाका निर्देशक डा गीता शाक्यले प्रयोगशालाको दिगोपनका लागि आर्थिक एवम् प्राविधिक चुनौती रहेको बताउँदै सञ्चालनमा सहयोग पु¥याउन मन्त्रालय एवम् स्वास्थ्य सङ्गठनसँग आग्रह गरिन् ।
स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा निहाल सिंहले प्रयोगशाला सञ्चालनमा पनि आगामी दिनमा प्राविधिक सहयोग पुर्याउने जानकारी दिए । विश्व बैंकका प्रतिनिधि पूर्ण क्षेत्रीले समुदायमा नयाँ नयाँ रोगका भाइरस फैलन नदिन प्रयोगशालाले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । रासस
- Source : http://swasthyakhabar.com/
ADD HERE
Categories: ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers