धेरै दिनदेखि रक्तचाप १४० /९० को वरिपरि देखिएमा चिकित्सकको परामर्श लिनु जरूरी हुन्छ
-डा. ओममुर्ति अनिल, डिएम,
कार्डियोलोजी
मुटुबाट रक्तसञ्चार हुने बेलामा रक्तनली (आर्टरी) को
भित्तामा पर्ने दबाबलाई रक्तचाप –ब्लडप्रेसर) रक्तचापलाई मिलिमिटर
अफ मर्करी (एमएमएचजी) मा नापिन्छ । माथिको रक्तचापलाई सिस्टोलिक र तलकोलाई
डायस्टोलिक भनिन्छ । सिस्टोलिक र डायस्टोलिक दुबै रक्तचाप शरीरका लागि उत्तिकै
महत्वपूर्ण मानिन्छन् । सामान्य रक्तचाप १२०/८० एमएमएचजीभन्दा कम हुनपर्छ । माथिको
रक्तचाप १४० वा सोभन्दा बढी र तलको ९० वा सोभन्दा बढी भएको अवस्थालाई उच्च रक्तचाप
भनिन्छ । माथिको १२० देखि १३९ वा तलको ८० देखि ८९ सम्मको रक्तचापलाई
प्रिहाइपरटेन्सन भनिन्छ । यो उच्च रक्तचाप हुनुभन्दा अगाडिको अवस्था हो । यस
अवस्थामा जीवनशैलीमा आवश्यक परिवर्तन गरेर भविष्यमा उच्च रक्तचाप हुनबाट आफुलाई
बचाउन सकिन्छ ।
रक्तचाप किन तल–माथि
भइरहन्छ ?
सामान्य मानिसको रक्तचाप तल–माथि भई
राखेको हुन्छ । यस्तो हुनु स्वस्थ मुटु र
स्वस्थ मस्तिष्कको पहिचान हो । रक्तचापलाई धेरै कुराले असर पार्ने भएकाले फरक–फरक
नाप आउनु स्वाभाविक नै हो । नाप्ने हात, ठाउँ, तरिका,
मानिस, मेसिन, समय, तापक्रम
आदि कुरा फरक भएमा रक्तचाप पनि फरक–फरक हुनसक्छ । यो सामान्य हो ।
धेरै दिनदेखि रक्तचाप १४० /९० को वरिपरि देखिएमा चिकित्सकको परामर्श लिनु जरूरी
हुन्छ ।
न्यून रक्तचाप (लो
ब्लडप्रेसर)संबन्धी गलत धारणा
जसको रक्तचाप १४०/९० को जति नजिक हुन्छ, उसलाई
भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै धेरै हुन्छ । यस्ता मानिसलाई उच्च
रक्तचाप मात्रै होइन, अन्य मुटु र रक्तनलीसम्बन्धी रोगको सम्भावना पनि बढी
नै हुन्छ । सामान्य रक्तचाप १२०/८० भन्दा कम हुनुपर्छ । कहिलेकाहीँ रक्तचाप माथिको
९० देखि ११० र तलको ६० देखि ७० सम्म पनि हुनसक्छ । सामान्य रूपले आफ्नो दैनिक
कामकाज गर्नसक्ने ब्यक्तिको रक्तचाप कम हुनु राम्रो मानिन्छ । कम भएमा अनावश्यक
पीर लिनु हुँदैन । जति कम छ, भविष्यमा उच्च रक्तचाप हुने
सम्भावना त्यति नै कम हुन्छ । साँच्चिकै न्यून रक्तचाप भएको मानिसको अवस्था त
गम्भीर हुन्छ । यस्ता बिरामीलाई अस्पतालको सघन कक्षमा राखेर उपचार गरिन्छ । साँच्चिकै कसैलाई न्यून रक्तचाप छ भने, केहीबेर
सुतेर वा बसेर अचानक उभिँदा टाउको हलुको हुने वा रिंगटा लाग्ने हुनसक्छ । यसलाई
पोस्चुरल हाइपोटेन्सन भनिन्छ । यो समस्या मधुमेह रोगी र रक्तचापको औषधि खाइरहेको
व्यक्तिमा बढी हुन्छ । वृद्धमा पनि यो समस्या बढी देखिन्छ । यस्तो भएमा औषधिको
मात्रा परिवर्तन गर्नुपर्ने हुनसक्छ ।
सामान्यभन्दा बढी रक्तचाप भयो भने
के गर्ने ?
यदि रक्तचाप १४०/९० को वरिपरि छ र कहिलेकाँही १५०÷१०० सम्म
पनि पुग्छ र यस्तो अवस्थामा औषधिको प्रयोग गर्नुपर्ने हुनसक्छ । यस्तो अवस्थामा
पनि जीवनशैलीमा परिवर्तन गरेर रक्तचाप घटाउन सकिन्छ र औषधिको आवश्यकता नपर्न पनि
सक्छ । तर यदि रक्तचापमाथिको १४०–१५० वा तलको ९०–१००
छ भने, चिकित्सकसंग जाँच गराएर मात्रै औषधि खाने वा नखाने निणय
गर्नुपर्छ । जीवनशैलीमा परिवर्तन गर्दै ३ देखि ६ महिनासम्म रक्तचापलाई नियमित
रुपमा जाँच गर्नुपर्छ । त्यसपछि पनि नियन्त्रण नभए औषधिको प्रयोग गर्नुपर्ने
हुनसक्छ ।
उच्च रक्तचापका कारण
अस्वस्थ जीवनशैैली नै उच्च रक्तचापको प्रमुख कारण हो ।
अस्वस्थ आहार (नूनिलो खानेकुरा), मोटोपना र शारीरिक गतिबिधिको कमीले उच्च रक्तचाप सिर्जना
गर्नसक्छ । जीवनशैलीमा हुने अस्वस्थ परिवर्र्तनले गर्दा नै युवकहरूमा पनि यो
समस्या बढ्दै गइरहेको देखिन्छ । धुमपान सेवनले
रक्तचापलाई बढाउछ । यसले रक्तचाप कम गर्ने औषधिको असरलाई पनि कम वा निष्कृय
गर्छ, जसले गर्दा रक्तचापको राम्रो नियन्त्रण हुन पाउँदैन ।
उच्च रक्तचापका लक्षण
सामान्यतया उच्च रक्तचापको केही लक्षण हँुदैन । उच्च
रक्तचापको कारणले टाउको दुख्छ भन्ने जनधारणा छ, तर यो
कुरालाई अनुसन्धानले पुष्टि गर्दैन । रक्तचाप अचानक धेरै बढेमा टाउको दुख्नसक्छ ।
अलिअलि मात्र बढेमा टाउको दुख्दैन । तर उच्च रक्तचापले टाउको पछाडितिर र
कहिलेकाँही पुरै टाउको भारी हुने वा अलिअलि दुख्ने हुनसक्छ । कसैकसैलाई रक्तचाप बढेको बेलामा केही लक्षण
तथा समस्या देखा पर्न सक्छन् । कहिलेकाहीँ उच्च रक्तचापका कारण अंगहरुमा परेको
दुष्प्रभावको फलस्वरुप विभिन्न लक्षण देखापर्न सक्छ । केही बिरामीलाई मस्तिष्काघात,
हृदयाघात वा मिर्गौलाको समस्या आदि भएर अस्पताल पुगेपछि मात्रै उच्च
रक्तचाप भएको पहिलोपटक थाहा हुनसक्छ । उच्च रक्तचापको लक्षण निम्न देखिनसक्छः
– टाउको
दुख्नु वा भारी महसुस हुनु
– रिंगटा
लाग्नु
– हिँड्दा
स्वाँ स्वाँ हुनु
– खुट्टा
वा अनुहार सुन्निनु
– नाकबाट
रगत बग्नु
टाउको उच्च रक्तचापका कारण मात्र नभई अरु नै कारण पनि
दुख्न सक्छ । बरु टाउको दुखेका बेलामा रक्तचाप पनि बढ्न सक्छ । त्यसैले टाउको
दुख्न ठीक भएपछि फेरी रक्तचाप नापेर हेर्नुपर्छ ।
उच्च रक्तचापको असर
मस्तिष्काघात – ब्रेन
हेमरेजलाई उच्च रक्तचापको प्रमुख जटिलताका रूपमा मानिन्छ । रक्तचापको उचित
नियन्त्रण नभएमा मस्तिष्कको सानो रक्तनली फुटेर मस्तिष्कभित्र रक्तश्राव हुनसक्छ ।
यसले गर्दा मस्तिष्काघात हुन्छ । मस्तिष्कघातका कारण बिरामीको मृत्यु पनि हुनसक्छ
। रक्तचापको नियन्त्रण गर्नु भनेको मस्तिष्काघात हुन नदिनु पनि हो । उच्च रक्तचाप भएको व्यक्तिले मदिरा प्रयोग ग¥यो
भने ब्रेन हेमरेजको खतरा झन् बढी हुन्छ । त्यसैले यस्ता बिरामीले मदिराको प्रयोगमा
अंकुश लगाउनु अत्यन्त जरुरी हुन्छ ।
मृगौलामा असर – उच्च
रक्तचापको अर्को प्रमुख जटिलता मिर्गौलाको काममा कमी वा खराबी आउनु हो । यसले मिर्गौलाका साना रक्तनलीमा असर
गरेर बिस्तारै निष्क्रियतातिर लैजान्छ । यसलाई क्रोनिक किड्नी डिजिज भनिन्छ ।
मिर्गौलाको समस्या बढ्दै गएर डायलाइसिस वा प्रत्यारोपण नै गर्नुपर्ने अवस्थासम्म
आउनसक्छ । यसबाट बच्ने एक मात्र उपाय रक्तचापको उचित नियन्त्रण गर्नु नै हो ।
मुटुको रोग – मुटुको
भित्ता बाक्लो हुनु र हृदयाघात हुनु उच्च रक्तचापका २ प्रमुख जटिलता हुन् । रक्तनलीहरु मुटुसंग जोडिएका हुनाले, रक्तचाप
बढी भएमा मुटुभित्र पनि दबाब बढ्न सक्छ । मुटुले प्रत्येक धड्कनमा बढी दबाब सहनु
पर्छ । यसरी रक्तचाप बढी भएको केही समयपछि मुटुको भित्ता मोटो हुन थाल्छ । समयमै रक्तचाप नियन्त्रण नभएमा
मुटुको भित्ता धेरै बाक्लो भएर मुटुले सामान्य रुपमा काम नगर्न सक्छ । अनि
हृदयाघात हुनसक्छ । उच्च रक्तचापले विशेष गरेर मुटुको रिल्याक्सेसनमा नराम्रो असर
पार्छ । जसको फलस्वरूप हिँड्दा स्वाँस्वाँ हुनु, खुट्टा
सुन्निनुजस्ता लक्षण देखिन सक्छन् । उच्च रक्तचापले मुटुको कोरोनरी आर्टरीलाई समेत
साँघुरो बनाएर हृदयाघात निम्त्याउन सक्छ । जसरी व्यायाम गर्दा मांसपेशीमा तनाव भएर
बाक्लो हुन्छ र व्यायाम छाडेको केही दिनमै मांसपेशी पुनः पूर्व अवस्थामा पुग्छ ।
ठीक त्यसरी नै रक्तचापले मुटुको मांसपेशीमा दबाब पु¥याएर
मुटुको भित्तालाई बाक्लो बनाउछ । रक्तचाप नियन्त्रण भए मुटुको बाक्लो भएको भित्ता
फेरि सामान्य हुन सक्छ ।
किन उच्च रक्तचापलाई साइलेन्ट किलर
भनिन्छ ?
उच्च रक्तचापको विशेष लक्षण हुँदैन । भित्रभित्रै मुटु,
मस्तिष्क, मिर्गौला, आँखा तथा रक्तनलीमा असर
गरिरहेको हुन्छ । कुनैदिन अचानक यस्ता अंगको गम्भिर समस्या भएपछि मात्रै बिरामीलाई
उच्च रक्तचाप भएको पहिलोपटक थाहा हुनसक्छ
। तसर्थ थाहा नदिइकनै भित्रभित्रै यो रोगको दुष्प्रभावले बिरामीको ज्यान पनि
लिनसक्ने भएकाले उच्च रक्तचापलाई ‘सुषुप्त हत्यारा’ को
रूपमा चिनिन्छ ।
उच्च रक्तचाप भएको थाहा पाइसकेपछि शरीरका महत्वपूर्ण
अंगमा यसको असर परेकोे छ कि छैन भने पत्ता लगाउनु पर्छ । सुगर र कोलेस्ट्रोलको मात्रा ठीक छ कि छैन् थाहा
पाउनु पर्छ । औषधि खानु पर्छ कि पर्दैन पत्ता लगाउनु सवभन्दा महत्वपूर्ण हुन्छ ।
रक्तचाप नियन्त्रणका लागि जीवनशैलीमा के कस्ता परिवर्तनको आवश्यकता छ, यसको
बारेमा जानकारी लिनुपर्छ ।
रक्तचाप नियन्त्रणका प्रमुख पक्ष :
उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली भएकाले
जीवनशैलीमा परिवर्तन गरेर नै नियन्त्रण
गर्न खोज्नुपर्छ । त्यसमध्ये पनि चुरोटको प्रयोग पूर्णरूपले बन्द गर्नु सबभन्दा
राम्रो उपाय हो । यसका अतिरिक्त तौललाई नियन्त्रणमा राख्ने तथा वजन घटाउने,
प्रतिदिन शारीरिक गतिविधि गर्ने र नुनिलो खानेकुराको सकेसम्म कम प्रयोग
गर्ने जस्ता उपाय अपनाउनुपर्छ । जीवनशैलीमा परिवर्तन गर्दै चिकित्सकको
सल्लाहअनुसार औषधि नियमित रुपले खानु र समय–समयमा
आवश्यक जाँच गर्नु नै रक्तचाप नियन्त्रणको मुल सूत्र हो । कम्तिमा १० प्रतिशत तौल घटाउनुपर्छ । प्रतिदिन
१\२ घण्टाभन्दा बढी हिड्नुपर्छ । अत्यधिक मदिरा सेवन गर्नु
हुँदैन । मानसिक तनाव कम गर्नुपर्छ ।
अन्य उपाय
पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउछ । त्यसैले
हाम्रो दैनिक खानामा पोटासियम बढी भएका खानेकुरा हुनुपर्छ । साइट्रस पु्रmट्स
जस्तैः सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ ।
केरा र अन्य ताजा फलपूmलमा पनि पोटासियम बढी पाइन्छ । ताजा फलपूmल
नियमित खानुपर्छ । ताजा फलपूmलमा पाइने भिटामिन, मिनरल्स् र फाइवरले मुटुलाई स्वस्थ राख्ने मात्रै नभई,
रक्तचाप पनि घटाउछ । प्रशस्त हरियो सागसब्जी खानुपर्छ । प्रतिदिन २,
३ पटक हरियो सागसब्जी खानुपर्छ । माछाको प्रयोग फाइदाजनक मानिने भएकाले
हप्तामा २ पटक माछा खाँदा राम्रो हुन्छ ।
नुन र रक्तचापको सम्बन्ध
अत्यधिक नुनको सेवनले रक्तचाप बढाउछ । स्वस्थ मानिसले
पनि खानामा नुन कम खानुपर्छ । उच्च रक्तचाप भएको बिरामीले नुनको सेवनमा अझ बढी
सावधानी अपनाउनुपर्छ । दिनहुँ एक चिया चम्चाभन्दा बढी नुन खानु हुदैन । नुन कम
खानु रक्तचाप कम गर्ने एउटा तरिका त हो, तर नुन मात्रै कम खाएर
रक्तचाप नियन्त्रण गर्न खोज्नु बुद्धिमानी पक्कै होइन । नुन धेरै नै कम खाएमा
रगतमा सोडियमको मात्रा कम भएर मान्छे बेहोस र कहिलकाही ज्यानै पनि जान सक्छ । घरमा
सामान्य नुन हालेर खाना खान मिल्छ । मुलतः खानामा नुन नथप्ने, न्युन
सोडियम भएको नुनको प्रयोग गर्नेजस्ता विधि रक्तचाप नियन्त्रण गर्ने सरल उपाय हुन्
। नुनको सट्टामा मसला र कागतीको प्रयोग गरेर खानालाई स्वादिष्ट बनाउन मिल्छ ।
के औषधि खानु जरूरी छ ?
शरीरका अंगमा रक्तचापको असर परिसकेको छ भने औषधि खानु
अनिवार्य हुन्छ । हिजोआज प्रयोग गरिने अधिकांश औषधिको खासै साइडइफेक्ट हुँदैन ।
औषधिको प्रयोगले उच्च रक्तचापको प्रकोपबाट महत्वपूर्ण अंगलाई बचाउछ । त्यसैले औषधि
नखाने मानसिकता गलत हो । रक्तचाप १४०/९० भन्दा बढी छ र जीवनशैलीमा परिवर्तन गरेपनि
कम भइरहेको छैन भने चिकित्सको सल्लाहअनुसार निर्धक्कसंग औषधि खान सुरु गर्नुपर्छ ।
एकचोटी औषधिको प्रयोग गरिसकेपछि छाड्न मिल्छ कि
मिल्दैन ?
जीवनशैलीमा परिवर्तन गरेपछि रक्तचापमा कमी आउन सक्छ ।
यसको फलस्वरुप औषधिको मात्रा घटाउनुपर्ने हुनसक्छ । यदि तपाईंलाई मोटोपना, धुम्रपान,
मदिराको सेवन, शारीरिक गतिविधिमा कमी जस्ता कारण छन् भने यसको
नियन्त्रण गरेपछि रक्तचाप घटन सक्छ । कसैकसैको रक्तचाप घटेर औषधि बन्दै गर्नुपर्ने
अवस्था पनि आउन सक्छ । अर्थात् रक्तचापका कारणलाई नियन्त्रण गरेमा औषधिको मात्रा
घटाएर बन्दै गर्न मिल्ने हुनसक्छ ।
औषधि कुन बेला र कतिपटक खानुपर्छ
कुन औषधिले कति समयसम्म काम गर्छ भन्ने तथ्यको आधारमा
नै दिनको एक वा दुई पटक खानुपर्ने हुन्छ । एम्लोडिपिन, एटिनोलोल,
हाइड्रोक्लोरथाइजाइड जस्ता औषधिहरु विहान र लोसार्टन, टेल्मिसार्टन,
इनालाप्रिल, प्राजोसिन जस्ता औषधि राति सुत्ने बेलामा खाँदा राम्रो
हुन्छ । उच्च रक्तचापका यी सबै औषधि खानापछि मात्रै खानुपर्छ । औषधि सकेसम्म
प्रत्येक दिन एउटै समयमा खाने गर्नुपर्छ र दुई चोटी खानुपर्ने औषधि १२ घण्टाको
फरकमा खाँदा राम्रो हुन्छ । रक्तचापका औषधि लामो समयसम्म खानुपर्ने हुन्छ ।
त्यसैले एकपटक सम्पूर्ण जाँच गरेर मात्रै औषधिको प्रयोग गर्ने निणर्य लिनुपर्छ ।
औषधि खान सुरु गरिसकेपछि कम्तिमा ६ महिना वा १ वर्षसम्म अनिवार्य रुपमा नै प्रयोग
गर्नुपर्ने भएकोले बिरामीले आफ्नो इच्छाअनुसार खाने वा नखाने गर्नुहुँदैन ।
कम्तिमा एक महिनाको औषधि किन्नुपर्छ र एक हप्ताको औषधि बाँकी हुँदै फेरि अर्को
महिनाकालागि औषधि किनिहाल्नु पर्छ । किनभने एक दिन पनि नबिराइकन औषधि खाँदा स्वास्थ्यलाभ बढी हुन्छ ।
Source: http://swasthyakhabar.com
0 comments:
Post a Comment