प्रधानमन्त्री सुशील कोइरालाको पांचौपटक रेडियो थेरापी गरियो-अर्को हप्ता स्वदेश फर्कने

प्रधानमन्त्री सुशील कोइरालालाई पाचौपटक विकिरण पद्धतिद्वारा गरिने उपचार रेडियो थेरापी दिइएको छ ।उहाँका निजी चिकित्सक डा. करविरनाथ योगीका अनुसार चौथो पटकको रेडियो थेरापी पनि सहज ढंगले सम्पन्न भएको छ ।
उहाँको बुधबार पाचौं पटकको रेडियो थेरापी लिईएको छ । उहाँको उपचारमा संलग्न चिकित्सकहरुले पाँचौ पटकसम्म रेडियो थेरापी लिनुपर्ने सुझाव दिएका थिए । डा. योगीका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो  छ । पाँचौ पटकको रेडियो थेरापी सम्पन्न भएपछि उहाँको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्य अवस्थाको पुनरावलोकन गर्नेछन् ।
चिकित्सकहरुको सल्लाहपछि मात्र उहाँको नेपाल फर्कने समय तय हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री कोइरालाको अमेरिकाको न्युयोर्कमा रहेको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार भैरहेको छ ।

अर्को हप्ता स्वदेश फर्कने
प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचार गराएर अर्को हप्ता स्वदेश फर्कने हुनुभएको छ ।
अमेरिकाको न्यूयोर्कमा रहेको मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा विगत तीन हप्तादेखि उपचार गराइरहनुभएका प्रधानमन्त्री कोइराला अर्को हप्ता स्वदेश फर्कनु हुने भएको हो ।
प्रधानमन्त्री कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको प्रधानमन्त्रीका निजी चिकित्सक कवीरनाथ योगीले बताउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । चिकित्सकको सल्लाहअनुसार प्रधानमन्त्री कोइराला उपचारका लागि यही असार २ गते अमेरिका प्रस्थान गर्नुभएको थियो ।
प्रधानमन्त्री कोइरालाको बुधबार पाचौं पटकको रेडियोथेरापी सकिएको छ । पाँचौ पटकको रेडियो थेरापी सम्पन्न भएपछि उहाँको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्य अवस्थाको पुनरावलोकन गर्नेछन् ।
कोइरालाको उपचारको क्रममा नायिका मनिषा कोइराला , म्रिदुल कोइराला लगायत उनका आफन्तजनले हेरबिचार गरिरहेका छन । चिकित्सकहरुको सल्लाह अनुसार प्रधानमन्त्री यही असार २ गते स्वास्थ्योपचारको लागि अमेरिका प्रस्थान गर्नुभएको थियो ।
source: http://arghakhanchi.com/
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers