माघअघि स्थानीय निर्वाचन: गृहमन्त्री

नेपालगन्जमा क्षेत्रीय सुरक्षा भेला
जनक नेपाल
नेपालगन्ज, असार ३१ - उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सरकारले माघअघि नै स्थानीय निकायको निर्वाचन गर्ने योजना बनाएकाले तयारी गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् ।
मध्य तथा सुदूरपश्चिम क्षेत्रका सुरक्षा अधिकारीहरुको क्षेत्रीय भेलाको मंगलवार नेपालगन्जमा उद्घाटन गर्दै गौतमले निर्वाचन केन्द्रीत सुरक्षा योजनामा ध्यान दिन आग्रह गरेका हुन् । 'माघ ८ मा संविधान जारी हुनु पहिल्यै स्थानीय निर्वाचन हुन्छ'-कार्यवहाक प्रधानमन्त्री समेत रहेका गौतमले भने,-'स्थानीय निकाय निर्वाचनलाई अझै शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन केन्द्रीत सुरक्षा योजनामा ध्यान दिनुहोला ।'
आफूले गृह मन्त्रालय सम्हालेपछि पठाएको २२ बुँदे निर्देशनको स्मरण गर्दै उनले शान्ति सुरक्षा, सुशासन र भ्रष्टाचारमा शून्य सहनशिलताको लक्ष्य पूरा गर्न निर्देशन दिएका छन् । सरकारी निकायबाट दिईने सेवा सरल, चुस्तदुरुस्त, जनमुखी र पारदर्शी बनाउन समेत उनले आग्रह गरे । गृहमन्त्री गौतमले प्रहरी र प्रशासनका अधिकारीलाई राजनीतिक हस्तक्षेपको प्रभावमा नपर्न पनि आग्रह गरेका छन् ।
'कुनै पनि राजनीतिक दल वा शक्तिसंग नडराई कानून बमोजिम निर्भयका साथ जिम्मेवारी पूरा गर्नुहोला'-उनले भने । त्यस्तै, प्रहरीलाई मानवअधिकारको संरक्षण र प्रबर्द्धन गर्दै सेवा ग्राहीमैत्री बनाउन मुस्कानसहितको प्रहरी सेवाको प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् ।
बुधवार सकिने सुरक्षा भेलामा मध्य र सुदूरपश्चिमका २४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धानका अधिकारी सहभागी छन् । भेलामा गृहसचिव सूर्य सिलवाल, नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरीका महानिरिक्षक कोषराज वन्तको पनि उपस्थिती छ ।   
Source: http://www.ekantipur.com/
ADD HERE
Categories: ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers