काठमाडौं, आषाढ ३१ । नेकपा एमालेको नवौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणनामा अध्यक्षका प्रत्याशी माधवकुमार नेपाल पक्षले अग्रता कायमै छ । मतगणनाको पछिल्लो परिणाममा माधव नेपाल, केपी ओलीभन्दा अगाडि छन् । ३४ मत भने अध्यक्षका कुनै उम्मेदवारलाई पनि नदिइएको निर्वाचन आयोगका सदस्य सानु पोखरेलले दिए ।
उपाध्यक्ष, महासिचव र सचिव पदहरुमा पनि नेपाल पक्षकै उम्मेदवारहरुको अग्रता देखिएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा मतगणना आज तेस्रो दिन पनि जारी छ । अहिले बुथ नं. २ र ३ को खुला र समावेशी सदस्यहरुको मतगणना जारी छ ।
त्यसपछि बुथ नं. ४ र ५ को मतगणना हुने निर्वाचन आयोगले जनाएको छ । नयाँ नेतृत्व चुन्न शनिवार २ हजार १ सय ५४ प्रतिनिधिले मतदान गरेका थिए । बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली प्यानल बनाएर चुनावी मैदानमा उत्रिए पनि कार्यकर्ताले भने क्रस भोटिङ्ग गरेको देखिएको छ ।
मतगणनाको पछिल्लो परिणाममा माधव नेपालले ६ सय ६६ र केपी ओलीले ६ सय १ मत मत पाएका छन् । निर्वाचन आयोगका सदस्य सानु पोखरेलका अनुसार मतगणनामा ३४ मत कुनै पनि अध्यक्षमा नदिइएको पाइएको थियो । उपाध्यक्ष, महासिचव र सचिव पदहरुमा पनि नेपाल पक्षकै उम्मेदवारहरुको अग्रता देखिएको छ ।
प्राप्त पछिल्लो विवरण अनुसार उपाध्यक्षहरुमा भीम रावल ६९०, युवराज ज्ञवाली ६८७, राजेन्द्र पाण्डे ६६३, लालबाबु पण्डित ६६२, बामदेव गौतम ६३६, विद्या भण्डारी ६२०, अष्टलक्ष्मी शाक्य ६७३, प्रदीप नेपाल ५६१, किरण गुरुङ ५७२, धर्मनाथ शाहले ५३९ मत पाएका छन् ।
त्यसैगरी, महासचिवमा सुरेन्द्र पाण्डे ६६१ र ईश्वर पोख्रेलले ५८७ मत पाएका छन् भने उपमहासचिवमा धनश्याम भुसाल ६९४, रघुजी पन्त ६६२, विष्णु पा्रडेल ६१९ र शंकर पोख्रलले ५९१ मत पाएका छन् ।
सचिव पदमा गोकर्ण विष्ट ७७६, योगेश भट्टराई ६८७ , भीम आचार्य ६६४, पर्शुराम मेघी गुरुङ ६६१, प्रदीप ज्ञवाली ६४२, बेदुराम भुसाल ६३१, विष्णु रिमाल ५७२, पृथ्वीसुब्बा ५८२, रघुवीर महासेठ ५२९ र केशवलाल श्रेष्ठले ५१० मत पाएका छन् ।
बुथहरु १, २ र ३ को १ हजार ३ सय ५ मत गणना हुँदा सचिव पद प्रदीप ज्ञवालीबाहेक सबैमा नेपाल पक्षले अग्रता हासिल गरेको छ । अहिले बुथ नं. २ र ३ मा रहेका खुला, समावेशी लगायतका सदस्यहरुको मतगणना भइरहेको छ ।
राति ९ बजेसम्म सदस्यहरुको मतगणना सकेर रातिदेखि नै बुथ नं. ४ र ५ को मतगणना गर्ने आयोगका सदस्य सानु पोखरेलले जानकारी दिए ।
गण्डकी, लुम्बिनी, राप्ती र धौलागिरी अञ्चल रहेको बुथ नं. ४ मा ओलीको र भेरी, कर्णाली, सेती, महाकाली र प्रवास रहेको बुथ नं. ५ मा नेपालको अग्रता रहेको दाबी गरिएको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा जारी मतगणनाको औपचारिक जानकारी एमाले निर्वाचन आयोगले हरेक एक सय मत गणनापछि मत परिणाम सार्वजनिक गरिरहेको छ ।
नयाँ नेतृत्व चुन्न शनिबार २ हजार १ सय ५४ प्रतिनिधिले मतदान गरेका थिए । वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली प्यानल बनाएर चुनावी मैदानमा उत्रिएपनि कार्यकर्ताले भने क्रस भोटिङ गरेको देखिएको छ ।

0 comments:
Post a Comment