न्यून रक्तचाप (लो ब्लडप्रेसर)संबन्धी गलत धारणा

- डा. ओममुर्ति अनिल
जसको रक्तचाप १४०/९० को जति नजिक हुन्छ, उसलाई भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै धेरै हुन्छ । यस्ता मानिसलाई उच्च रक्तचाप मात्रै होइन, अन्य मुटु र रक्तनलीसम्बन्धी रोगको सम्भावना पनि बढी नै हुन्छ । सामान्य रक्तचाप १२०/८० भन्दा कम हुनुपर्छ । कहिलेकाहीँ रक्तचाप माथिको ९० देखि ११० र तलको ६० देखि ७० सम्म पनि हुनसक्छ । सामान्य रूपले आफ्नो दैनिक कामकाज गर्नसक्ने ब्यक्तिको रक्तचाप कम हुनु राम्रो मानिन्छ । कम भएमा अनावश्यक पीर लिनु हुँदैन । जति कम छ, भविष्यमा उच्च रक्तचाप हुने सम्भावना त्यति नै कम हुन्छ । साँच्चिकै न्यून रक्तचाप भएको मानिसको अवस्था त गम्भीर हुन्छ । यस्ता बिरामीलाई अस्पतालको सघन कक्षमा राखेर उपचार गरिन्छ । साँच्चिकै कसैलाई न्यून रक्तचाप छ भने, केहीबेर सुतेर वा बसेर अचानक उभिँदा टाउको हलुको हुने वा रिंगटा लाग्ने हुनसक्छ । यसलाई पोस्चुरल हाइपोटेन्सन भनिन्छ । यो समस्या मधुमेह रोगी र रक्तचापको औषधि खाइरहेको व्यक्तिमा बढी हुन्छ । वृद्धमा पनि यो समस्या बढी देखिन्छ । यस्तो भएमा औषधिको मात्रा परिवर्तन गर्नुपर्ने हुनसक्छ । 
Source: http://swasthyakhabar.com/
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers