सन्धिखर्क नगरपालिकामा १२ करोड २० लाखको बजेट सार्बजनिक

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ३२ असार । सन्धिखर्क नगरपालिकाको आर्थिक बर्ष २०७१र७२ को नगर बिकास योजना तर्जुमाकालागि प्रथम नगर परिसद बैठक तथा निर्णय सार्बजनिकिकरण कार्यक्रम कर्मचारी मिलनकेन्द्रको हलमा सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत धु्रब गिरीले  चालु आर्थिक बर्ष २०७०र ७१ को लागि चालु र पुजीगत तर्फको १ करोड ५५ लाख ४७ हजार र आगामि आर्थिक बर्षको चालु र पुँजीगत तर्फ गरि जम्मा १२ करोड १९ लाख ९० हजार बराबरको बजेट सार्बजनिक गर्नु भएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, स्थानीय बिकास अधिकारी हेमराज भुसाल, नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमालेका जिल्ला सचिबालय सदस्य जनार्दन खनाल, एमाओबादीका जिल्ला सचिब ठाकुर कुमार बिक, राप्रपा नेपालका शम्सेर दिन मिया, राप्रपाका सम्सोदीन मिया, राष्ट्रिय जनमोर्चाका शेरबहादुर बिसी, नेकपा माओबादीका खेम घर्ती, अन्तर पाटी महिला सञ्जालकि अध्यक्ष शान्ता भण्डारी, पत्रकार महासंघका अध्यक्ष शोभाखर शर्मा , उद्योग बाणिज्य संघका लक्ष्मण कडेल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम सन्धिखर्क नगरपालिकाका कार्यकारी अधिकृत धुर्व गिरीको अध्यक्षता, सदस्य सचिब नेत्र खनालको स्वागत मन्तब्य र शेषकान्त ओशनको सञ्चालनमा सम्पन्न भएको हो ।
ADD HERE
Categories: ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers