अर्घाखाँचीमा बोलबम

अर्घाखाँची, साउन १ – चुत्रावेंसीको सिद्धेश्वर शिवालय मन्दिरमा बिहीबारदेखि एक महिने साउने मेला सुरु भएको छ ।
मेलाको पहिलो दिन बिहीबार बिहान मन्दिरबाट सुरु भएको कलश यात्रा चुत्राबेसी र सन्धिखर्क बजारका बिभिन्न भाग परिक्रमा गर्दै सन्धिखर्कको शिवालय मन्दिर पुगेको थियो ।
चितवनको देवघाटमा रहेको गंगाजल ‘बोल बम’ भन्दै बजारका बिभिन्न भाग परिक्रमा गरी सिद्धेश्वर शिवालय मन्दिरमा रहेको स्फटिकको शिवलिंगमा चढाइएको छ । धार्मिक तथा पर्यटकीय महत्वको सिद्धेश्वर शिवालय मन्दिरमा रहेको स्फटिकको शिवलिंग नेपालकै इतिहासमा पहिलो भएको मन्दिर ब्यवस्थापन समितिले दावी गरेको छ ।
हिन्दु धर्मावलम्बीमा साउन महिनालाई भगवान शिवको पूजाआजा गरिने महिनाका रुपमा लिइन्छ । साउन महिनाभर जलापर्ण सहितको कार्यक्रम राखिएको सिद्धेश्वर शिवालय मन्दिरका संरक्षक नारायण खनालले बताउनुभयो ।
साभारः प्रेमनारायण आचार्य/उज्यालो अनलाइन
ADD HERE
Categories: , ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers