प्रेमी गुमाउँदा देखिएका दुई भिन्न रुप

श्वेता मूर्छा परिन्, खुश्बले आँशु खसाइनन्
२८ साउन, काठमाडौं । अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्त्येष्टि सकिएको छ । मंगलबार पनि प्रत्येक चोक र चिया पसलमा श्रीकृष्णकै चर्चा भइरहेको छ । श्रीकृष्णले छाडेर गएकी नायिक श्वेता खड्काप्रति मानिसहरुले सहानुभूति देखाइरहेका छन् । पतिवियोगमा परेकी खड्का शोकविह्वल छिन् ।
प्रहरीद्वारा मारिएका दिनेश अधिकारी चरीको शव अझै शिक्षण अस्पतालबाट उठेको छैन । चरीकी प्रेमिका खुश्बु वलीको भावभंगीमा श्वेताको जस्तो कुनै शोक देखिएको छैन, उनी सार्वजनिकस्थलमा मज्जाले भाषण ठोकिरहेकी छन् । चरी मर्दा खुश्बु रोएको कतै देखिएन ।
श्रीकृष्णको अप्रत्याशित मृत्युको खबरले वास्तवमै बनायो धेरैलाई । विनाहिच्किचाहट धेरै मानिसहरु शवयात्रामा सरिक भए । शवयात्रामा सहभागी हुनकै लागि एअरपोर्ट गेटमै पुगेर घण्टौ कुरेकाहरुले ‘श्रीकृष्ण श्रेष्ठ अमर रहुन्’ भन्दै नारा लगाए ।
किशोर किशोरी मात्रै होइन, गृहणी र कतिपय वृद्ध आमाहरुले टेलिभिजनमा श्रीकृष्णको दृश्य देखेकै भरमा आँशु खसाले । श्रीकृष्णलाई सम्झेर रुने यी महिलाहरुको मन अहिले श्वेता खड्कामा गएर अडिएको छ । आफ्नै छोरीचेलीलाई पीर परेका बेला दुख मानेजसो गरी आँशु खसाल्दैछन् उनीहरु ‘बिचरी श्वेता’ भन्दै । तर, चरी मारिँदा परिवारजनमा रुवावासी भए पनि उनकी प्रेमिका खुश्बु रोइनन् ।
खुश्बुले झुटो बोलेकी होइनन् भने प्रहरी कारवाहीमा मारिएका चरी उनका प्रेमी हुन् । प्रेमी मारिँदा कस्तो पीडा हुन्छ, शब्दमा व्यक्त गरिरहन पर्दैन ।
खुश्बुले पटक-पटक भनेकी छिन् ‘चरी मेरो प्रेमी हो, ऊ मारिँदा म दुःखी छु ।’ तर, आँखामा कालो चश्मा, ओठमा लिपिष्टिक र क्याजुअल डे्रेसमा विभिन्न स्टेजमा प्रस्तुत हुँदै आएकी खुश्बुले टेलिभिजनको बुम समाउँदै धारा प्रवाह बोलिरहेकी छिन् ।
खुश्बुमा श्वेतामा जस्तो शोक र पीडा नदेखिनुको कारण के हुन सक्छ ? यो प्रश्न यतिबेला चर्चाको विषय बनेको छ । खुश्बुमा आँशु नदेखिनुका पछाडि या त उनमा शोकलाई शक्तिमा बदल्न सक्ने मानवेत्तर खुबी छ, या त उनी चरी मारिएकोप्रति कुनै बनावटी कुरा गरिरहेकी छन् ।
खुश्बुले रिपोर्टर्स क्लबमा दिएको भाषणमा आफू परिवारको सदस्य भएकाले उनको मृत्युमा आफ्नो संलग्नता नरहेको तर्कसमेत गरिरहेकी छन् । उता प्रहरीले डन चरीको सम्पत्ति खुश्बुले प्रयोग गरेको हुनसक्ने आशंकामा छानविन अगाडि बढाएपछि खुश्बु झनै आक्रोशित बनेकी छन् ।
एकछिन मात्रै मनन गर्ने हो भने जोसुकैले अनुमान गर्न सक्छ, आफ्नो मान्छे गुम्दाको पीडा । आफुलाई मनपरेको मान्छे केही क्षण विनासूचना मोबाइल अफ गरेर बस्यो भने त तनाव हुन्छ भने वास्तवमै प्रेम गरेको व्यक्तिको मृत्यु हुँदा कहाँवाट आउँछ यसरी धारा प्रवाह तर्क ?
एकपटक श्वेता खड्कालाई पो सम्झने हो कि ? श्वेता खड्काले बोल्नै नजानेर टेलिभिजन अगाडि नआएकी पक्कै होइनन् । पछिल्लो दुई दिनमा पटक-पटक स्टिल क्यामेराको लेन्स र टेलिभिजनको बुम स्वेता भएतिर तेर्सिएका छन् । तर, उनी बोल्न सक्ने अवस्थामा छैनन् । उनी मुर्छित भएर ढलेको धेरै दर्शकले देखेका छन् ।
उस्तै प्रकृतिका घटनामा (उस्तै प्रकृति भन्नुको अर्थ मृत्यु) जोडिएका दुई नारी पात्र किन यति फरक कोणमा उभिएका होलान् ?
Source: http://www.onlinekhabar.com
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers