कुकुरलाई जेल, भैंसीलाई क्षतिपूर्ति !

२९ साउन, सिराहा । सिरहाको दक्षिणी गाविस सन्हैठा र गाढामा कुकुर र भैंसीको विषयमा भएको विवाद प्रहरीसम्म पुगेको छ । सन्हैठा-३ का रामदेव यादवको घरमा भएको भोटे कुकुर छिमेकी गाउँ इँटाटार-८ का गोपी यादवलाई मन परेछ । तर, रामदेवसँग कुकुर माग्न उनलाई आँट आएन ।
जसरी पनि कुकुर लिन लागिपरेका उनले चलाखी गरे । र, ‘मैले पहाडबाट किनेर ल्याएको कुकुर मलाई दिलाई पाउँ भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराए ।
प्रशासनमा परेको सक्कलै निवेदनसहित प्रशासनले आवश्यक कारबाहीका लागि सन्हैठा प्रहरी चौकीलाई पत्राचार गर्यो । सन्हैठा प्रहरीले दुबै पक्षलाई बोलाएर गरेको छलफलमा दुबैपक्षले कुकुरमाथिको दाबी छाडेनन् । मुद्दा फेरि जिल्ला प्रशासनमै पुग्यो । प्रशासनले पनि कुकुरको छिनोफानो गर्न सकेन ।
मुद्दाको छिनोफानो नहुन्जेल कुकुर सुरक्षित राखिदिन जिल्ला प्रशासनले जिल्ला प्रहरीलाई जिम्मा लगायो । प्रहरीले कुकुरलाई सुरक्षाका लागि कारागार पठायो । कुकुरमाथि अरुले अनावाश्यक दावी गर्दै मुद्दा हालेपछि प्रहरी प्रशासनलाई दुई महिनासम्म तनाव भयो । प्रशासनले मुद्दा नटुंग्याएपछि रामदेवले पुनरावेदन अदालतमा मुद्दा दर्ता गराए ।
प्रहरी-प्रशासनलाई समेत विपक्षी बनाइ दर्ता मुद्दामा अदालतले कुकुरलाई कारागार मुक्त गरी रामदेवलाई नै फिर्ता दिन आदेश दियो । अदालतको आदेशपछि कुकुर कारागार मुक्त गरी रामदेवलाई जिम्मा लगाइएको खबर नागरिक दैनिकमा छ ।
त्यसैगरी, गाढा गाविसमा भैंसी जुध्दा खुट्टा भाँचिएको भन्दै प्रहरीमा उजुरी परेको छ । रामकृपाल सहनी र रामप्रसाद सहनीको भैंसी चौरमा चर्दै गर्दा जुधेछन् । रामप्रसादको भैंसीले आफ्नो भैंसीको खुट्टा भाँचिदिएको भन्दै रामकृपालले रामप्रसाद विरुद्द साउन १२ मा इलाका प्रहरी कार्यालय लहानमा उजुरी दर्ता गराए । जाहेरीमा भैंसीको मूल्य ६० हजार र उपचार खर्च १५ हजार क्षतिपूर्ति माग गरिएको छ ।
Source: www.onlinekhabar.com
ADD HERE
Categories: ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers