भदौ महिनाभित्र एसएलसी पुरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी

काठमाडौँ, भदौ १२ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही भदौ महिनाभित्र एसएलसी पुरक परीक्षाको नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ ।
दुई विषयमा असफल भएका विद्यार्थीलाई मौकाको रुपमा पुरक परीक्षा दिने व्यवस्था गरिएअनुसार यस वर्ष एक लाख २० हजार ५४८ जना विद्यार्थीका लागि गत साउन २० गतेदेखि २७ गतेसम्म पुरक परीक्षा सञ्चालन गरिएको थियो ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले उत्तरपुस्तिका परीक्षणका लागि देशभर २१ वटा केन्द्र स्थापना गरिएको जानकारी दिँदै देशका विभिन्न स्थानमा भएको बाढीको प्रकोपका कारण केही केन्द्रमा उत्तरपुस्तिका पु–याउन असहज भएको बताए ।
परीक्षाफल यथाशक्य चाँडो प्रकाशन गर्ने लक्ष्यका साथ तीव्र रुपमा काम अगाडि बढाइएको बताए ।
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers