बाहिर नआएका करिश्माका कुरा

हिजोआज उनी मात्र मुस्कुराउछिन् । कसैसँग प्रतिकार गर्न रुचाउन्नन् । भन्छिन्, ‘ममा परिवर्तन आइसक्यो । अव म पुरानी करिश्मा रहिन जसमा सौन्दर्यको घमण्ड पनि थियो ।’ आध्यात्मले यती छोइसक्यो कि बाहिर देखिने सुन्दरताको कुनै अर्थ लाग्दैन । यो त हाडमासुको शरिर हो, एकदिन कुहिएर जान्छ ।’
नेपाली सिने जगतमा अत्याधिक प्रशंसा कमाउने अभिनेत्रीमा पर्छिन, करिश्मा मानन्धर । उनको अभिनयको जति चर्चा हुन्छ त्यो भन्दा बढी सुन्दरताकै चर्चा हुनेगर्छ । तर हिजोआज उनी आफ्नो सुन्दरताका बिषयमा चर्चा भएको खासै रुचाउँदिनन् । भन्छिन्, ‘बाहिर देखिने सुन्दरताको कुनै अर्थ छैन । यो त हाडमासुको शरिर हो, एकदिन कुहिएर जान्छ ।’
मलाई प्रश्न तेर्साउन मन लागिहाल्यो, ‘करिश्माले नै मेरो शरीर केही होइन कुहिएर जान्छ भन्दा दर्शकलाई अचम्म लाग्ला नी ?’
प्रतिकार गर्दै उनले भनिन्, ‘होइन त्यो त अन्तिम सत्य हो । आखिरमा बाँकी रहने त आफ्नो अन्तरमनको उर्जा मात्र त हो नी ’ उनी बिस्तारै गम्भिर बन्दै गइन ।
 ‘तर भर्खरका अभिनेत्री तपाईंका अगाडि फिका किन लाग्छन त ?’
करिश्मामय हाँसो हास्दै भनिन्, ‘त्यस्तो होइन, अव मेरो दिन गइसक्यो । उमेरले डाडो काट्दै जाँदा आफूलाई मेन्टेन गर्न असाध्यै गाह्रो पर्दाे रहेछ । तै पनि अन्तरमनले उर्जा दिएकाले भित्री सुन्दरताले बाहिरपनि प्रभाव पारेको हो की ?’
उनी सायद भन्न खोज्दैथिइन… अव म पुरानी करिश्मा रहिन । आध्यात्मिक झिल्कोले मलाई छोइसकेको छ ।
हरेक दिनको शुभारम्भ उनी हाँसेर गर्न सबैलाई सुझाउछिन् । ‘हाँस्दा आफुभित्रका विकार सबै हराउछन् । दिन आनन्दमै कट्छ ।’
‘करिश्मामा एक्कासी यस्तो परिवर्तन कसरी सम्भव भयो त ?’
प्रश्नको जवाफमा उनी गम्भिर बनिन्, ‘म घमण्डी स्वभावको मान्छे थिए ।’ अन्तरमनको पोको खोल्दै फ्याट्ट भनिन्, ‘बिस्तारै अध्यात्मले छुन थालेपछि म आफूलाई परिवर्तन भएको महसुस गर्दैछु ।’
सँगै उनले थपिन्, ‘तपाईलाई थाहा छ, म आफूलाई मेन्टेन राख्न कुनै एक्ससाइज गर्दिन नी । बिहान मर्निङवाक गर्छु, सकारात्मक सोचका साथ दिन कटाउछु, बस् ।’ मुख बिगार्दै भनिन्, ‘मलाई डाइटिङ गरेको मन पर्दैन् ।’
अनी उमेरले बुढी भए भन्नुहुन्छ फेरि हिरोइन बन्ने जोश तपाईंमा बाँकी नै देखिन्छ । कसरी पत्याउने ?
लामो हाँसो हाँस्दै उनी बोल्न तयार भइन, ‘अमेरीकाबाट फर्किएपछि फिल्ममा सानोतिनो रोल गर्न मन थिएन । हिरोइन पाए गर्छु नत्र गर्दिन जस्तो लागेको थियो । तर राजेशजीले समयसँगै परिवर्तन हुन सिक्नुपर्ने सुझाउनु भयो । सोचे, म पनि आजबाट कलाकारितामा रमाउछु, अरुको स्पेस अक्यूपाई गर्दिन ।’
‘भनेपछि अव तपाई अभिनेत्री नबन्ने ?’
‘त्यस्तो नभन्नुस् । मेरो उमेर अनुसार चरित्र कोरिन्छ भने अवश्य अभिनय गर्छु । आखिरमा मैले बुझिसके, करिश्मा कलाकारितामा रम्नकै लागि जन्मेकी हो ।’
‘भनेपछि अरु नेपाली कलाकार जस्तो तपाई राजनीतिमा नलाग्ने ?’
‘नेभर, राजनीतिमा म झुक्किएर पनि संलग्न हुन चाहान्न । म कलाकार बन्न जन्मिएको हु । बाँचुन्जेल कलाकारितालाई पेशाका रुपमा अपनाउछु । बरु फेसनमा मेरो रुची भएकाले बुटिक खोल्ने योजना बनाएको छु ।’
‘फेसनमा रुचि भएकै कारणले हो त, तपाईले लगाउने लुगाको पनि समाचार बन्ने ?’
उनी सुस्ताउदै बोलिन्, ‘मेरा हरेक बिषय किन समाचार बन्छ म बुझ्दिन । र म बुझ्न पनि चाहन्न । यट्स नट माई कन्सर्न’, भन्दै उनी बोल्न चाहिनन् ।
‘भनेपछि तपाईलाई आफ्नाबारेमा समाचार आउदा खुसी लाग्दैन ?’
‘म समाचार खासै पढ्दिन, त्यसमा पनि नेगेटिभ समाचार त झुक्किएर पनि पढ्दिन । कसैले अनावश्यक समाचार लेख्छ भने त्यो लेख्नेको दोष भन्ठान्छु, आफू मस्त रमाउछु ।’
उनी थप्दैछिन्, ‘तपाईलाई थाहा छ, एकदिन ‘मिडियामा उमेर पुगेका हिरोइनहरु आफूलाई मेन्टेन गर्दै’ भन्ने समाचार देखे । मलाई हाँसो उठ्यो । सोचे लेख्नेले लेख्यो । मैले त्यसलाई स्विकार्नु आवश्यक छैन ।
अन्त्यमा भनिन्, ‘म अनावश्यक कुरामा ध्यान दिन्न ।’ (आई जस्ट लेट गो )
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers