दुलाहा आठ महिनाको गर्भवती, अर्जेन्टिनामा भयो अचम्मको विवाह (फोटोफिचर)


गर्भवती भएकोले चाँडै विवाह गरेको खबर धेरैजनाले सुन्नुभएकै होला तर यहाँ एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । अर्जेन्टिनामा एक आठ महिनाको गर्भवती दुलाहाले आफ्नी दुलहीसँग धुमधामका साथ विवाह गरेका छन् । तपाईंहरु यो खबरले अचम्ममा पर्नुभयो होला । वास्तवमा के हो भने, यी आठ महिनाका गर्भवती दुलाहाको नाम एलेक्सिस ताबोरदा जो जन्मजात एक महिला हुन् र जुन महिलासँग उनी विवाह गर्दै छन् उनी क्यारेन ब्रुसलेरिया हुन् जो जन्मजात एक पुरुष हुन् । उनीहरुले एक अर्काको पहिचान बदलेका छन् तर सेक्स भने परिवर्तन गरेका छैनन् । एलेक्सिस आफैलाई पुरुष बताउँछन् र क्यारेन आफूलाई महिला बताउँछिन् । उनीहरुको कानुनी स्टेटस पनि यहि भइसकेको छ । एलेक्सिस र क्यारेन दुबै ट्रान्ससेक्सुअल एण्ड ट्रान्स्जेन्डर राइट्स एक्टिभिस्ट हुन् । यी दुबैको भेट अर्जेन्टिनाको राजधानी ब्यूनर्स आयर्समा भएको थियो जहाँ दुबैजना ट्रान्स्सेक्सुअल एण्ड ट्रान्सजेन्डर राइट्सका लागि लडिरहेका थिए । 
सन् २०१०मा अर्जेन्टिना समान सेक्सभएका जोडिको विवाहको लागि अनुमती दिने ल्याटिन अमेरिकाको पहिलो देश बनेको छ । दुई वर्षपछि अर्को कानुनद्वारा ट्रान्ससेक्सुअलका लागि नेशनल आइडी पाउने बाटो पनि खोलियो । नयाँ आइडीको अनुसार ट्रान्ससेक्सुअल व्यक्ति आफ्ना लागि त्यहि जेन्डर छान्न पाउँछ जुन उनी आफूलाई चिनाउन चाहन्छन् । यदि कानुनको सहायताले नै यी ट्रान्ससेक्सुअल जोडिले औपचारिक विवाह गर्ने सपना पुरा भएको छ । २६ वर्षका ताबोदरा जो कानुनी रुपमा अब पुरुष हुन्, भन्छन्, ‘पहिला हाम्रो क्याथोलिक चर्चमा विवाह गर्ने इच्छा थियो त्यसकारण हामीले अर्जेन्टिनाको पोप फ्रेन्सिसलाई इमेल गर्यौँ तर त्यहाँबाट केहि जवाफ आएन । म अहिले ३३ हप्ताको गर्भवती छु, तर मातृत्वको आभाष त्यति धेरै भएको छैन तर क्यारेन बच्चाको किक र ममा देखिएको लक्षणलाई महसुस गर्न चाहन्छिन् ।’ यो अचम्मको विवाहमा दुबैका परिवारले निकै उत्साहका साथ भाग लिएका छन् । ताबोरदा २२ डिसेम्बरमा शल्यक्रियामार्फत आफ्नो बच्चालाई जन्म दिँदैछन् । यो जोडीको भनाई अनुसार उनीहरु आफ्नी छोरीको नाम जेनेसिस एन्जेलिना राख्नेछन् । (एजेन्सी)
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers